• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


कुलमान घिसिङ प्राधिकरणमा नियुक्त गरे


नेपाली अपडेट
बुधबार, साउन २७, २०७८
 

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले नेपाली अपडेटलाई जानकारी दिए । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।

प्रकाशित भएको : August 11th, 2021

सम्वन्धित समाचारहरु