• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


ढुङ्गे पाखामा वृक्षारोपण कार्यक्रम सम्पन्न


नेपाली अपडेट
बिहिबार, साउन २८, २०७८
 

 

काठमान्डौ – अन्तरास्ट्रिय युवा दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा आयोजित वृक्षारोपण कार्यक्रम बुढानिलकण्ठ न पा ११ स्थित ढुङ्गेपाखामा सम्पन्न भएको छ। “खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलिय स्वास्थ्यको लागि युवा नवप्रवर्तन” भन्ने नाराको साथ आयोजित कार्याक्रमको उदघाटन बुढानिलकण्ठ नगरपालिकाका वडा ११ का वडाअध्यक्ष राजु अधिकारीले गर्नु भयो। कार्यक्रममा नगर उप प्रमुख रमा राई , बु. न. पा. वडा नं १२ का वडाधयक्ष शम्भु भट्टराई वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई, वडा नं ११ का वडा सदस्यहरू बिमल लामा तथा बिनोद लामाको गरिमामय उपस्थिती रहेको थियो।

युक्त वृक्षारोपण कार्यक्रममा विभिन्न जातका ४०० बिरुवा रोपिएको थियो। लामो समय देखि अतिक्रमणको सिकार बन्दै आएको यश क्षेत्र को करिब १०० रोपनी जग्गा संरक्षण हुन नसके ब्यक्तीहरुको घर बन्ने निश्चित छ भन्दै स्थानीय जन प्रतिनिधि , सामाजिक सङघ संस्था , स्थानीयहरुको उत्साहजनक उपस्थितिमा करिव सात रोपनी जग्गामा वृक्षारोपण कार्यक्रम गरिएको हो।

मातृभुमि बाकाचोल सेवा समाज नेपालको सहभागिता

वृक्षारोपण कार्यक्रम खोटांग जिल्ला ऐशेलुखर्क गाँउपालिका  -२,  बाकाचोल मुख्य कार्य क्षेत्र रहेको बाकाचोलबाट काठमान्डौ आइ बसोबास गर्ने तथा बाकाचोलमा आकस्मिक दुर्घटनामा परि घाइते तथा गम्भीर प्रकृतिको बिरामीहरुको उद्दार तथा उपचार सहयोग लगायत अन्य सामाजिक कार्य गर्दै आएको बु. न .पा . वडा नं ११ मा मुख्य कार्यालय रहेको मातृभुमि बाकाचोल सेवा समाज नेपालको सहभागिता रहेको थियो। संस्थाको तर्फबाट अध्यक्ष टीकाराम पुरी, सचिव राम प्रसाद पुरी, कोषाध्यक्ष हेमकाजी पुरी लगायत संस्थाका पदाधिकारीहरु को उपस्थिति रहेको थियो।

प्रकाशित भएको : August 12th, 2021

सम्वन्धित समाचारहरु