• मङ्लबार, बैशाख ४, २०८१
  • | April 16, 2024


फिलिपिन्समा बिशाल आँधीका कारण १६ जनाको मृ*त्यु


नेपाली अपडेट
शुक्रबार, पुस ११, २०७६
 

मनिला(फिलिपिन्स):= फिलिपिन्समा आएको बिशाल आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय अधिकारीहरुले बिहीबार बताएका छ्न ।

फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आएको आँधीले
त्यहाँका विद्युत सेवा अवरुद्ध भएको थियो ।
मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि अवरुद्ध नै रहेको,काम नगरेको कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको जनाइएको छ ।

खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरुका अनुसार आँधीका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको र सडकहरुमा पनि यातायातका लागि बाधा भएको बताइएको छ । त्यसैगरी विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान सेवा रद्ध गरिएको विमानस्थलका कर्मचारीहरुले जनाएका छन् ।

फिलिपिन्समा आँधी, भूकम्प र बाढीका कारण हरेक वर्ष सयौँको सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको छ । फिलिपिन्समा आएका आँधीहरु मध्ये सवैभन्दा धेरै क्षति सन् २०१३ मा आएको आँधीले गराएको थियो । उक्त समयमा ७ हजार ३ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित भएको : December 27th, 2019

सम्वन्धित समाचारहरु