• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् ।


नेपाली अपडेट
शुक्रबार, साउन २९, २०७८
 

कपिलवस्तु, २९ साउन । रेड पाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन्  वाणगंगा नगरपालिका ४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका ५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन् । उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले बताएको छ

प्रकाशित भएको : August 13th, 2021

सम्वन्धित समाचारहरु