बौद्ध नाथ क्षेत्र विकास समितिद्वारा बौद्ध महानगरीय प्रहरी बृत्त स्थीत प्र. ना उ. ढुण्डीराजको कार्य कक्षमै पुगि समितिका अध्यक्षबाट चन्द्रमान लामाबाट स्वागत तथा सुरक्षा सामग्री (माक्स र स्यानिटाईजर) हस्तान्तरण गरियो।
बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कार्यालय प्रमुख प्र.ना.उ.ढुण्डीराज न्यौपाने ज्यूको कार्य सफलताको शुभकामना सहित स्वागत गरिएको थियोे ।
बिश्वब्यापी फैलिरहेको कोरोन भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्नको निम्ति नेपाल सरकारको “माक्स खोइ अभियान” कार्यक्रमलाई सफल बनाउनको लागि अग्रपंक्तिमा रहि देश र जनताको सेवामा लगिरहेका बौद्ध महानगरीय बृत्त तथा मातहत समेतका प्रहरी कर्मचारीहरु र हेल्पडेक्सको लागि २० प्याकेट माक्स,१० लिटर स्यानिटाईजर बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाबाट महानगरीय प्रहरी बृत्त बौद्धलाई समितिका उपस्थितिमा कार्यकारिणी बसन्त लामा “लो” मजिन्द्रसिं श्रेष्ठ , मनोज लामा कुमार लामा हस्तान्तरण गरिएको थियो ।