शनिबार, साउन ३०, २०७८
एकोरोना भाइरसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो।
धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति ११:३० बजे मृत्यु भएको धौलागिरी अञ्चल हस्पिटल बाग्लुङका कोभिड-१९ का फोकलपर्सन देब प्रकाश घिमिरेले बताए ।
प्रकाशित भएको : August 14th, 2021