• आइतवार, बैशाख २३, २०८१
  • | May 5, 2024


बिश्व सम्पदा बौद्ध महास्तुपामा प्रत्येक महिनाको अन्तिम शनिबार स्वच्छ, सफा हरियाली अभियान अन्तर्गत सर सफाई कार्यक्रम गरिने।


नेपाली अपडेट
शनिबार, साउन ३०, २०७८
 

काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र  स्थानीय संघसंस्थाको सहभागीतामा बौद्ध परिसरमा ” स्वच्छ सफा हरियाली बौद्ध ” अन्तर्गत जन जागरण चेतनामूलक सर सफाई कार्यक्रम   गरियो।

स्वच्छ हरियाली बौद्ध अभियानमा बौद्ध परिसर वरपर  सधैंभरि सफा राख्ने उदेश्यले “स्वच्छ र हरियाली बौद्ध” Clean the Boudha अभियानलाई आत्मसात् गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समिति पदाधिकारीहरू, ज्येष्ठ नागरिक समाज , सामुदायिक सेवा समिति,बौद्ध तामाङ कल्याण गुठी लगायत स्थानीय संघसंस्था सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

सुरुवातीको पहिलो  उक्त कार्यक्रममा सहभागी भई  उपस्थिति जनाउनु भएका संघसंस्था सम्पूर्णमा  श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बिशेष धन्यवाद सहित कार्यक्रम विसर्जन गरिएको थियो ।

बौद्ध स्तूप परिसरका अन्तिम शनिबार जनचेतना तथा सफाइ जागरण अभियान अन्तर्गत आज मिति २०७८/०४/३० का दिन पहिलो सफाइ अभियान सम्पन्न भएको थियो ।

बौद्ध स्तूप परिसरका स्थानीय समाजसेवि एवम् घरधनी, स्थानीय सरोकारवाला संघसस्थाहरुको सरसल्लाह बमोजिम प्रत्येक महिनाको अन्तिम शनिबार जनचेतना तथा सफाइ जागरण अभियान  गरिने समितिका कार्यकारिणी बसन्त लामा” लो” ले जानकारी दिनु भएको थियो।

प्रकाशित भएको : August 14th, 2021

सम्वन्धित समाचारहरु