काठमाडौं । बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको प्रमुख आतिथ्यतमा बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा र सहयोगी बौद्ध महिला समाज नेपालीद्वारा आयोजित ३०दिने बुनाई तालिम उद्घाटन सम्पन्न गरियो ।
बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोग रहेको उक्त कार्यक्रम चुलो चौकीमा मात्रै सिमित महिला दिदीबहिनीले समाजका लागि केही गर्नु पर्छ र केही गर्न सकिन्छ भन्ने उदेश्य रहेको ।
प्रमुख अतिथि अध्यक्ष चन्द्रमान लामाको सम्पन्न सो कार्यक्रममा बौद्ध नाथ क्षेत्र विकास समितिका कार्यकारिणी निर्देशक बसन्त लामा “लो” काठमाडौं वर्ड नम्बर -६का सदस्य लक्ष्मी श्रेष्ठ , शिक्षाका ज्ञान बहादुर श्रेष्ठ र आयोजक संस्थाका अध्यक्ष लगायत विभिन्न महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
बुनाई कार्यक्रमले करिब सय जना महिला दिदीबहिनीले तालिम लिई लाभ लिन सकिने आयोजन संस्थाका अध्यक्षले बताएका छन्।