• शनिबार, जेष्ठ ५, २०८१
  • | May 18, 2024


बौद्धको स्थानीय परम्परागत गाईजात्रा तथा रोपाइँजात्रा सिमित औपचारिक रुपले मनाउने ।


नेपाली अपडेट
बिहिबार, भदौ ३, २०७८
 

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा र स्थानीय संघसंस्थाको  सहभागितामा मनाउने बौद्धको स्थानीय जात्रा गाई जात्रा तथा रोपाइँ जात्रा यसपालि के कसरी मनाउने सम्बन्धि समितिको बैठक हल बौद्धमा बसेको बैठकले सिमित रुपले मनाउने निर्णय गरियो।

बिश्व बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध स्तुपामा प्रत्येक बर्ष मनाउँदै  आई रहेको परम्परागत ऐतिहासिक संस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण  बौद्ध गाईजात्रा तथा रोपाइँजात्रा औपचारिकतामा सिमित गरि मनाउने अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनु भएको छ।

यस वर्ष २०७८ भाद्र ८ गते पर्ने ऐतिहासिक,धार्मिक एवं साँस्कृतिक गाईजात्रा तथा रोपाइँजात्रा( हिलेजात्रा) कामपा-६ बौद्धमा स्थानीय रुपमा मनाउने जात्रा यसपालि पनि कला , संस्कृति परम्परालाई जगेर्ना गर्ने  उदेश्येले औपचारिकतामा मात्रै सिमित गरि मनाउने  समितिका कार्यकारिणी निर्देशक बसन्त लामा” लो” ले बताउनु भएको थियो।

बिश्वब्यापी फैलिएको कोरोना भाइरस Covid 19 बिश्व भयावह भएको अवस्थामा   ्हेल्चेक्य्राइ होइन,सतर्कता  भई अनिवार्य माक्सको प्रयोग गरि , अनावश्यक भिडभाड  नगरीदिनुहुन  जात्राले संक्रमण फैलिने खतरा देखिने भएकोले सजग र सचेत रहन अध्यक्ष चन्द्र मान लामाले  बैठकमा आफ्नो  मन्तव्यमा  भन्नुभएको थियो।

यस बर्ष भरि बौद्धबासीका  मृतकहरुको आत्माको चिरशान्ती र मोक्ष प्राप्तिको लागी शोक र सम्झाना स्वरुप बढीमा २ जना सिंघारेर र २ जना स्वयंसेवक बौद्ध स्तूप परिक्रमा गर्न पठाउन  समितिले  अनुरोध     गरेका छन्।

बैठकमा स्थानीय  संघसंस्था, समाजसेवी, सुरक्षा निकायबाट महानगरीय प्रहरी वृत बौद्ध  र  महानगरीय ट्राफिक प्रहरी बौद्ध  लगायतको  उपस्तिथितीको  बैठकले  सो  निर्णय गरिएको थियो ।

सो दिन रोपाइजात्राको औपचारिक बौद्ध नाथ क्षेत्र विकास समितिको facebook Sbnadc मार्फत Live  प्रत्यक्ष  प्रसारण  गरिने हुनाले घरघरमा बसेर हेर्न सकिने जानकारी सहित  यसबाट पर्न जाने असुबिधाको लागि समितिले क्षमा याचना गरेका छन्।

प्रकाशित भएको : August 19th, 2021

सम्वन्धित समाचारहरु