• शनिबार, अशोज १३, २०८०
  • | September 30, 2023


१८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरूलाई खोप।


नेपाली अपडेट
शुक्रबार, भदौ ४, २०७८
 

काठमाडौंमा आज (शुक्रबार) बाट १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरू र ४० वर्ष वा सोभन्दा माथीको उमेर समूहका व्यक्तिहरूलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

यही भदौ ४, ५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिका ३२ वटै वडामा खोप केन्द्र रहेका छन् भने त्यसबाहेक राधास्वामी आईसोलेसन सेन्टर, सामाखुशी, सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, बिर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महारागञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली नेपाल प्रहरी अस्पताल, महारागञ्ज र श्री बिरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप लगाउन सकिने छ।

प्रकाशित भएको : August 20th, 2021

सम्वन्धित समाचारहरु