• शनिबार, जेष्ठ ५, २०८१
  • | May 18, 2024


बौद्धमा बालबालिकाको पर्व”धिङ धिङ नाकदिङ” मनाईयो


नेपाली अपडेट
मङ्लबार, भदौ ८, २०७८
 

काठमाडौं । प्रत्येक वर्ष गाई जात्राको दिन परम्परागत रुपले मनाउँदै आइरहेको बालबालिकाको पर्व “धिङ धिङ नाकधिङ” बौद्ध तामाङ कल्याण गुठी र ओम् तामाङ सुखदुःख सेव गुठीले आ आफ्नो गुठी  भवनमा  बालबालिकालाई सजाएर सहभागी गराई धर्मिक स्थल बौद्ध स्तुपा परिक्रमा गरि सम्पन्न गरियो।

बालबालिकालाई अनुहारमा कालो रंगले लेखेर विभिन्न आकार बनाई , खोर्सानी समाबेश गरि परालको पगरी बनाई शिरमा लगाइन्छ , सो पगरीलाई बौद्ध परिक्रमा गरिसकेपछि परिसर भित्र रहेका सा साना स्तुपामा कुनै पनि रोगले बालबालिकालाई नलागियोस्  भनी  जन बिश्वासका साथ चढाउने चलान रहेको छ ।

बालबालिकाको सु स्वास्थ दिर्घयुको लागि मनाउने यो पर्व लाई बौद्ध तामाङ कल्याण गुठी र ओम् तामाङ सुखदुःख गुठीले आ आफ्नो गुठियारका बालबालिकालाई यश पर्वमा चाहिने सामग्री र अन्तिममा खाजासाजाको  व्यवस्थापन गर्दै आइरहेको छ।

यो पर्व बालबालिकाको हौसला उत्साह उमंग बढाउने पर्व पनि हो मादले दाजुले मादल बजाउँदै धिङ धिङ नाकधिङ भन्छन् र बालबालिकाले एक स्वरमा हो हो भन्ने गरिन्छ। बालबालिकाको सुरक्षाको लागि अभिभावक पनि साथमा रहेको हुन्छ।

 

 

 

प्रकाशित भएको : August 24th, 2021

सम्वन्धित समाचारहरु