• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


गोनेङ्या


नेपाली अपडेट
मङ्लबार, भदौ ८, २०७८
 

बाबू घिसिङ (नेपाल तामाङ घेदुङ महासचिव )

भदौ ६ गते २०७८ काठमाडौ । आज गोनेङ्या अर्थात तामाङ समुदायको बोन परम्परामा प्रकृतिको जाडोयाम प्रारम्भ हुने बर्खे बाली भित्राइएको अन्नहरु प्राकृतिक देव देवी , ताल कुण्ड ,इस्टदेवहरुमा पुजा प्राथना गरि चढाउने , आ आफ्नो कुलहरुलाई सम्झदै तामाङ धर्म- संस्कृतिलाइ

नयाँ पुस्तामा हस्तान्तरण गर्ने ज्ञान प्रवर्द्धन गर्ने गराउने बौद्ध तिर्थस्थलको परिक्रमा गर्ने घर परिवार समाजमा कुनै बाधा ब्यवधान नआउन सबैको स्वास्थ्य राम्रो रहोस् भनी नयाँ अन्नको परिकार न्वागी खाने आदि प्रचलन रहेको पाइन्छ । आजको दिन तामाङ बोन / झाक्री हरुले आफ्नो चेला नयाँ बोन्बोहरुलाइ छामबाट निकालेर दीक्षित गर्ने पनि गर्द्छ । त्यसको साथै विभिन्न कुण्डहरु तामसालिङमा गोसाइँकुण्ड , पाँचपोखरी , भैरवकुण्ड , सैलुङ , पाटनको कुम्भेश्वर , काठमाडौको बौद्ध , स्वयम्भू , बालाजु नागर्जुन लगायतका पबित्र धार्मिक तिर्थ स्थलहरुमा पुजा अर्चना गर्ने प्रचलन छ । भने यसै दिनलाई तामाङ समाजको

अग्रजहरुले ज्ञान महत्सवकोरुपमा तामाङ ज्ञानको विविधतामा ज्ञान दिवसको कार्यक्रम गर्दै आएको छ । यस्तो कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो प्राचीन संस्कृति / ह्रीमठिम प्रती जागरण ल्याएको देखिन्छ । तर अझ बृहत र आधिकारिकता कसरी बनाउने भन्ने प्रश्न चाहिँ छ । जुन कुरा बहसमा मात्र सिमित छ । र तामाङ संघसंस्थाहरुले यस्ता कार्यक्रम गतिविधि पस्कदा खुल्ला दिलबाट अनुसरण गर्नु पर्ने आवाश्यता छ । खास गरि तामाङ डाजाङले सुरुवात गर्दै आउँदा तामाङ न्हाङ्खोर सम्म जोडिएको महत्वपूर्ण जिम्मेवार संस्था हो । यो तामाङ इतिहासमा अत्यन्तै महत्वपूर्ण कार्यक्रम ( ज्ञान महत्सव ) साच्चिकै महत्त्व छ । सबैले सकारात्मक दिशामा अगाडि बढौ ।

प्रकाशित भएको : August 24th, 2021

सम्वन्धित समाचारहरु