• शनिबार, जेष्ठ ५, २०८१
  • | May 18, 2024


बौद्धमा देशभरि मृत्युु भएका मृतअत्मको चिर शान्तिको कामना गर्दै गाईजात्रा तथा रोपाइँ मनाईयो


नेपाली अपडेट
बुधबार, भदौ ९, २०७८
 

काठमाडौं । ऐतिहासिक संस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण बौद्ध महास्तुपा परिसरमा यसपालिको गाईजात्रा तथा रोपाइँ जात्रा बर्ष भरि दिवंगत भएका मृत अत्मको चीर शान्तिको कामना र नेपाल सरकारले निर्देशन गरिएको स्वास्थ्य मापदण्डअनुसार मनाइयो।

बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था , समाजसेवी , बुद्धिजीवी , सुरक्षाकर्मी लगायतको  पटकपटक बैठक बसि परम्परागत , ऐतिहासिक जात्रा बिश्वब्यापी फैलिएको कोरोना भाइरसको कारण यश जोखिम परिस्थितिलाई मध्यनजर गर्दै भिडभाडलाई कम गर्न मानव  सहभागीतालाई कम गरि औपचारिकतालाई मात्रै सिमित गर्ने उदेश्यले जात्रा मनाइयो।

खासगरी उक्त जात्रा मृतका परिवारजनको परिवारले सम्झान स्वरुप मृत आत्मको चिर शान्ति र मोक्षा प्राप्तिको लागि मनाउने गर्दछ। मृतकको घर घरबाट चिर शान्ति र मोक्षा प्राप्तिको लागि  रोपार,लाठे,गोरुहल,झाँकी सहभागी गराएका थिए। बीच बीचमा अहिले भएका समय सान्दर्भिक कुसंस्कार , कुरीति प्रति हाँस्या व्यङ्ग्य,प्रहार गरेका थिए। धिमे बाजा ,न्याउरी बाजा ,घोनाई नाच, झाँकी,लाखे , गोरु   हाली ,घोडा नाच ,जस्ता संस्कृतिक बाजागाजा सहभागिता रहेको रोपाइँ जात्राले रोपाइँको झल्को प्रस्तुत गरेको थियोे।

अन्तिममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष  चन्द्रमान लामा ज्यूले मृतकको चिर शान्ति र मोक्षा प्रप्तिको लागि मनाउने जात्रा देशभर मृत्यु भएका दिवंगत आत्मको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गर्दै सो कार्यक्रम समर्पित गर्नु भएको थियो , रोपाइँ जात्राले परम्परा, संस्कृति निरन्तरता जीवन्त राख्न संस्कृति जोगाउन योगदान पुर्‍याउने , कोरोना संक्रमणको जोखिम अवस्थामा नेपाल सरकारको निर्देशन पालन गर्नुपर्ने भएकोले औपचारिकतामा सिमित भएर जात्रा मनाउन परेको, भिडभाड कम गर्न मानव उपस्थिति कम गर्न जात्रा अवधि केही समय चारै तिर बौद्ध प्रवेश गर्ने नाकाहरु बन्द गर्नु पर्द सर्वसाधारणमा पुग्न गएको असुविधालाई क्षामा याचना व्यक्त गर्नु भएको थियो,साथै जात्रालाई सम्पन्न गराउन  प्रत्येक्ष अप्रत्यक्ष खटिएका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी ,सुरक्षाकर्मी ,पत्रकार लगायतलाई बिशेष धन्यवाद ज्ञापन गर्दैन कार्यक्रम समापन भएको घोषण गर्नु भएको थियो । कार्यक्रममा संचालन चन्द्र जीत मोक्तानले गर्नु भएको थियो ।   जय बौद्ध ।

 

प्रकाशित भएको : August 25th, 2021

सम्वन्धित समाचारहरु