• मङ्लबार, बैशाख २५, २०८१
  • | May 7, 2024


प्रसिद्ध जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन


नेपाली अपडेट
बिहिबार, भदौ १०, २०७८
 

प्रसिद्ध जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधन भएको छ । ७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारको क्रममा आज(बिहीबार) निधन भएको हो ।

गत मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि उनलाई बयोधा अस्पताल लगिएको थियो । उनलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको हो । माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष र दोस्रो संविधानसभा सदस्य समेत ररहेका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका विरामी हुन् ।




माओवादी केन्द्रले उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने बताएको छ । उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै गरिने बताइएको छ । पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि उनले टुहुरे जोडेका थिए । त्यसपछि उनी जेबी टुहुरेकै नामबाट चिनिए । टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भएर …’ भन्ने गीत निकै चर्तित छ ।

प्रकाशित भएको : August 26th, 2021

सम्वन्धित समाचारहरु