• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


एक हजार मेगावाट बिजुली बनाउँछः१० वर्षमा सीई ग्रुपले विजय राजभण्डारी


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

११ पुष २०७६, शनिबार

म नेपालमा आएर कम्पनी खालेको २८ वर्ष भयो । देशको विकासमा सहयोग पुर्याउने उद्देश्य बोकेर आएको हुँ म । त्यसैले मैले त्यतिबेला देशको विकास प्रक्रियामा सहयोग पुर्याउन जलविद्युत क्षेत्रमा काम गर्नुपर्छ भनेर बुझेको थिएँ ।

हाम्रो कम्पनी ‘सीई कन्सट्रक्सन’ को पहिलो काम नै जलविद्युत क्षेत्रमा थियो । ट्रान्समिशन लाइनमा । हामीले ११ केभीए र ६६ केभीएको ट्रान्समिशन लाइनमा काम गर्यौं । यसलाई हामीले एउटा यात्राको रुपमा लिएका छौं ।

नेपालमा करिब ८० हजार मेगावाट जलविद्युत क्षमता छ । त्यसमा करिब ४२ हजार मेगावाट चाहीँ आर्थिक रुपमा पनि ‘भायबल’ छ । सरकारले पनि १० वर्षमा १० हजार मेगावाट विद्युत निकाल्ने भनेको छ ।

तर, जलविद्युत क्षेत्रमा काम गर्नका लागि हामीसँग कुनै अनुभव थिएन । बाटो बनाउने , बाँध बनाउने, घर बनाउने, बिजुली निकाल्ने लगायत कामको हामीसँग कुनै अनुभव थिएन ।

ठेकेदार मात्र भएर काम गर्दा नाफा प्रतिशत पनि सीमित हुन्छ । डेभेलपर भएर काम गर्दा भने ३० वर्षको लागि जलविद्युत परियोजना नै आफ्नो भयो । नाफा प्रतिशत पनि धेरै भयो । घर बनाउँदा पनि घर मात्र बनायो भने ५-७ प्रतिशत मात्र नाफा हुन्छ । जग्गा समेत लिएर, घर बनाएर बेच्न पायो भने नाफा धेरै हुन्छ नी । जलविद्युतमा पनि कुरा ठ्याक्कै त्यस्तै हो ।

त्यसैले हामीले जलविद्युत क्षेत्रमा काम गर्ने अनुभव बटुल्नका लागि अन्य पूर्वाधार निर्माणको काम शुरु गर्यौं । अनी हामी कन्स्ट्रक्सन कम्पनी बन्यौं ।

तर, निर्माणको क्षेत्रमा जति नै अनुभव बटुले पनि जलविद्युतको काम नपाइने हुनाले हामीले हाइड्रो मेकानिकल कम्पनीको स्थापना गर्यौं । हाइड्रो मेकानिकल र सिभिल इन्जिनियरिङ दुवैमा अनुभव भएपछि जलविद्युतमा काम गर्नका लागि हामी पूर्ण रुपमा तयार हुन्छौं भन्ने हाम्रो बुझाई थियो ।

अनी करिब ५ वर्ष अघि हामीले पहिलो पटक अपर सोलु हाइड्रोपावरको ठेक्का प्रक्रियामा भाग लियौं । त्यो ठेक्का हामीलाई पर्यो । त्यहाँबाट हाम्रो जलविद्युत निर्माणको यात्रा अघि बढ्यो ।

तर, त्यहाँ हामी ठेकेदार मात्र थियौं । ठेकेदार मात्र भएर काम गर्दा नाफा प्रतिशत पनि सीमित हुन्छ । डेभेलपर भएर काम गर्दा भने ३० वर्षको लागि जलविद्युत परियोजना नै आफ्नो भयो । नाफा प्रतिशत पनि धेरै भयो । घर बनाउँदा पनि घर मात्र बनायो भने ५-७ प्रतिशत मात्र नाफा हुन्छ । जग्गा समेत लिएर, घर बनाएर बेच्न पायो भने नाफा धेरै हुन्छ नी । जलविद्युतमा पनि कुरा ठ्याक्कै त्यस्तै हो ।

त्यसपछि हामी जलविद्युत उत्पादक (डेभेलपर) हुने बाटोमा लाग्यौं । त्यसका लागि आफ्नो पूँजीका अलावा बैंकको ऋणको पनि आवश्यकता पर्ने भयो । आफ्नो काम गर्न सक्ने क्षमता पनि अभिवृद्धि गर्नुपर्यो । हाम्रो क्षमतामा समस्या नै थिएन ।

अब सीई कन्स्ट्रक्सन वित्तीय स्रोत जुटाउन सक्ने, निर्माण कार्य पनि गर्न सक्ने र समग्र निर्माण प्रक्रियामा आइपर्ने सामाजिक तथा राजनीतिक विषयहरुलाई पनि सन्तुलनमा राख्दै अघि बढ्न सक्ने कम्पनी भयो । अनी हामीलाई आवश्यकता पर्यो जलविद्युत क्षेत्रकै एकजना विशेषज्ञ को, जोसँग डिजाइनको अनुभव पनि होस् र प्राधिकरण लगायत सरकारी निकायहरुमा गएर आफ्नो प्रस्तुतिहरु दिन सकोस् ।

नेपालमा लगानीको वातावरण छैन भन्ने कुरा होइन । वातावरण आफैंले बनाउने हो भन्ने मेरो विश्वास छ । हामीले यी परियोजनाहरु धेरै पैसा भएर गरेका होइनौं । पैसा भएका मानिसहरुलाई समेटेर गरेका हौं । अहिले हामीकहाँ पैसा लगानी गर्छौं, काम गरौं भनेर ठूला विदेशी र स्वदेशी लगानीकर्ताहरु आइरहेका छन् ।

आफैंले जलविद्युत उत्पादक भएर काम गरिसकेको मानिस भए राम्रो हुन्छ भन्ने हाम्रो बुझाई थियो । सौभाग्यवश हामीले त्यस्तो मान्छे भेट्यौं । र, त्यसपछि हामीले उर्जा डेभेलपर्स भन्ने कम्पनी स्थापना गर्यौं ।

अनी हामीले रणनीति बनायौं । जलविद्युत योजना निर्माणको काम सीई कन्सट्रक्सनबाट गर्ने । ठूला ठूला योजना निर्माणको अनुभव लिने । आफैंले उत्पादन गनुपर्ने काम भने उर्जा डेभेलपर्सबाट गर्ने । अनी, अत्यन्तै ठूला योजनाहरु जहाँ हाम्रो पूँजीले भ्याउँदैन, नेपाली बैंकहरुको लगानीले पनि संभव छैन त्यस्तोमा सब कन्ट्रयाक्टरको रुपमा पनि काम गर्ने, विदेशीहरुसँग साझेदारीमा ।

कुनै कुनै जलविद्युत परियोजनामा हामीले लगानीकर्ताको रुपमा पनि काम गर्यौं । कुनै परियोजना सकिन लागेको छ तर, शुरुको वित्तीय योजना प्रभावकारी नभएर नगदको अभाव भएको छ भने त्यस्तो परियोजनामा लगानी गर्ने र परियोजनालाई उम्क्याइदिने पनि गर्ने गरेका छौं । यो चाहीँ हाम्रो व्यवसायीक नियतभन्दा पनि देश सेवाको काम हो ।

अहिले हामीसँग उर्जा डेभेलपर्स अन्तर्गत ७ वटा जलविद्युत परियोजना हातमा छन् । यो भनेको कूल ३ सय ५५ मेगावाट क्षमता हो । यसमा हामीले २ वटा परियोजनालाई निर्माण प्रक्रियामा लगिसकेका छौं । यी परियोजना नेपालका अत्यन्तै छिटो समयमा सकिने परियोजना हुनेछन् । हामी आगामी १० वर्षमा १ हजार मेगावाटको परियोजना सम्पन्न गर्दैछौं ।

जलविद्युत उत्पादनको क्षेत्रमा उर्जा डेभेलपर्सको माध्यमबाट ३ वर्ष अघि आएका हामीलले ३ वटा ‘फाइनान्सियल क्लोजर’ गरसकेका छौं । त्यसैले नेपालमा लगानीको बातावरण छैन भन्ने कुरा होइन । वातावरण आफैंले बनाउने हो भन्ने मेरो विश्वास छ । हामीले यी परियोजनाहरु धेरै पैसा भएर गरेका होइनौं । पैसा भएका मानिसहरुलाई समेटेर गरेका हौं । अहिले हामीकहाँ पैसा लगानी गर्छौं, काम गरौं भनेर ठूला विदेशी र स्वदेशी लगानीकर्ताहरु आइरहेका छन् ।

तर, हामी अत्तालिएका छैनौं । भएका कामहरु लाई नै छिटो सम्पन्न गर्न लागिपरेका छौं । ८६ मेगावाटको ठूलो दुधकोशी हामी २८ महिनामा नै सम्पन्न गर्दैछौं । १ सय ११ मेगावाटको निलगिरी १ र २ हामी ४२ महिनामा सकाउँदैछौं ।

यो सबैको मतलब के हो भने निर्माणको क्षेत्रमा गुणस्तरीय काम गरेर स्थापित भएका हामी जलविद्युत उत्पादनको क्षेत्रमा जबरजस्त ढंगले स्थापित हुने प्रक्रियामा रहेका छाैं।

(राजभण्डारीसँगकाे कुराकानीमा आधारित )

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु