• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


नेपालकै मोटो मान्छे मिडियामा । श्रीमती छिन यति पातली सुन्दरी । कसैले नराम्रो भन्दा चित्त दुख्छ ।


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

११ पुष २०७६, शनिबार


सामाजिक सञ्जालमा अहिले अनौठो लाग्ने जोडीहरु निकै भाइरल हुने गरेका छन् । फरक प्रकृतिका ब्यक्तिबीच भएका भएको विवाहलाई सामाजिक सञ्जालमा ल्याएर भाइरल बनाउने ट्रेण्ड चलेको छ । अहिले फेरी सामाजिक सञ्जालमा एक जोडी भाइरल भएका छन् । पति निकै मोटा देखिन्छन् । जसलाई सामाजिक सञ्जालमा नेपालकै सबैभन्दा मोटा भनेर उल्लेख गरिएको छ । उनको नाम हो कृष्णवहादु पन्त ।

जो चितवनको नारायणी नदिको आसपासमा भेटिएका थिए । उनको जोडी अहिले सामाजिक सञ्जालमा भाइरल छन् । पन्तको श्रीमती निकै पातली छन् । यो जोडी देखिदा फरक देखिन्छन् । चितवनमा भेटिएका यि जोडीबीच निकै माया प्रेम छ । दुई जनाबीच कुनै समस्या छैन । तर कृष्णलाई देख्नेहरुले भने कहिले जिस्क्याउँछन् त्यतीबेला भने उनलाई निकै नराम्रो लाग्छ । उनको तौल एक सय १८ किलो छ । कृष्णले आफुजत्तिको मोटो नदेखेको बताए ।

उनी सानैमा भने यति मोटो थिएनन् । २०६२ साल देखी उनको शरिरको तौल बढ्न थाल्यो । जति प्रयास गरेपनि उनको तौल घट्दै नघटेको बताए । उनको विवाह २०५८ सालमा विवाह गरेका हुन् । देवघाटवाट कृष्णले विवाह गरेका हुन् । उनको विवाह हुँदा कृष्ण यस्तो माटो थिएनन् । एक्कासी शरिरको तौल बढ्दा उनीहरुलाई अचम्म लाग्यो । कृष्णले दमको औषधी खानेभएकाले त्यही औषधीको असर होला भन्ने लाग्यो तर कारण खासै कारण थाहा नभएको बताए । कृष्णको उमेर अहिले ३९ वर्षका भए । अरुका लागि अनौठो लागेपनि कृष्णलाई भने निकै गाह्रो हुन्छ ।

सामान्य काम गर्न, नुवाई धुवाई गर्न असहज हुने बताए । ससुराली पनि नजिकै छ । उनको खाना भने सामान्य नै छ त्यस्तो फरक केही छैन । नारायणी देवघाटमा भेटिएका उनीहरुको पारिवारीक जिवन भने सामान्य छ । शरिर ठूलो भए पनि उनले टेम्पो चलाउँछन् । मोटो भएपनि आफुले गर्न सक्ने काम गरेको बताउँछन् । वैदेशिक रोजगारकिा लागि कतार गएका उनी उतावाट फर्कदा ह्वील चेयरमा आएका थिए ।

उनलाई उठ्न र अलिअलि हिड्न पनि परिवारका सदस्यले सघाउनु पर्ग्यो । उनी कतारमा गाडी चलाउँथे । त्यतीबेला नै उनलाई समस्या भयो । फोहर फाल्ने गाडी चलाउँथे त्यती बेला उनलाई फोहरको गन्धले त्यहीँ ढलेपछि उनलाई ४१ दिनपछि मात्र होस आएको थियो । तीन महिनाको अस्पताल बसाई पछि उनी नेपाल फर्केको बताउँछन् । त्यतीबेला अब जिवनमा केही गर्न सक्दिनहोला भन्ने लाग्थ्यो तर अहिले म सामान्य अवस्थामा आएको बताउँछन् ।

यो भिडियो हेर्नुस् ।

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु