• बिहिबार, चैत्र १३, २०८१
  • | March 27, 2025


कुशे औंशीको दिन बौद्ध तामाङ कल्याण गुठी भवनमा” ङो” पुजा सम्पन्न गरियो


नेपाली अपडेट
बुधबार, भदौ २३, २०७८
 

काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी भवनमा वर्षभरि  मृत्यु( देहान्त) हुनु भएका मृतक आत्मको चिरशान्ति मोक्षा प्राप्तिको लागि मृतकको सम्झानमा नाममा कुशे औंशी /गोकर्ण औंसीका (बुबाको मुख हेर्न दिन)गोकर्णेस्वर महादेब गोकर्णमा गरिने “ङोवा” पुजा यस पटक सामुहिक रुपमा गुठी भवन फूलबारीमा सम्पन्न गरोयो।

बौद्ध धर्म परम्परा अनुसार गरिएको पुजा कार्यक्रम प्रमुख लामा गुरु श्रद्धेय पुर्ण बहादुर लामाको बहुमुल्यबाट सम्पन्न गरिएको गुठीका अध्यक्ष खड्गजित लामाले हामीलाई बताउनुभएको थियो ।

स्थानीय मृतक परिवारको सुविधाको लागि  गुठी भवनमा नै आवश्यक पुजा सम्बन्धि सामग्रीको र पुजा व्यवस्थापन गरिएको थियो। बिहान आफ्नो अनुकुल गोकर्णेस्वरमा नुहाई पुजाआजा गर्ने।बिहान ९:०० बजे लामा लगायत उपस्थित
हुनुहुनेलाई चिया नास्ता। ९:०० बजे लामा गुरुहरुबाट पुजा शुरु।   छ्योईमे गुठी बाट मिलाईने।भए आफ्नै
घरको प्रयोगमा ल्याउदा उत्तम।बिहान ११:००-१३:३० सम्म प्रसादी ग्रहण।छोक र ह्योन(दक्षिणा) को व्यवस्था आफैले
गर्नु हुनेछ।पिण्ड सेलाउने व्यवस्था गुठीले मिलाउने पुर्व सुचना गुठीबाट जानकारी गराएको कार्यालय सचिव सचिन लामाले बताएको थिए।

प्रकाशित भएको : September 8th, 2021

सम्वन्धित समाचारहरु