काठमाडौं । बौद्ध सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी र महानगरीय प्रहरी बृत्ताको संयुक्त सकृयतामा बौद्ध क्षेत्र न वरपर बडा दशैको समयमा चोरी हुने सम्भावनालाई मध्यनजर गर्दै साप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न।
ॐ
आगामी चाडपर्वलाई मध्यनजर गरि नागरिक र प्रहरी आपसी साझेदारी समन्वय र सहयोगले आपराधको रोकथाम नियन्त्रण गर्न सकिन्छ भन्ने सो कार्यक्रमको उदेश्य रहेको छ।
उक्त कार्यक्रममा सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी बौद्धका अध्यक्ष वीर बहादुर लामा र बौद्ध प्रहरी बृत्ताका प्रहरी निरीक्षक बिशाल तामाङ बाट ठुलो घण्टा छेवैमा भित्तामा जनचेतनामूलक पर्चा टासि सुरुवात गरिएको कार्यक्रमले बाटोमा हिड्ने बटुवा, व्यापारी, स्थानीयबसिहरुलाई हात हातमा पर्चा बाडिएको थियो ।
पर्चा बौद्ध सरसफाइ केन्द्रका अध्यक्ष समाजसेवी धनराज लामाले सौजन्यको रुपमा सहयोग गरिएको थियो ।