• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


बुढानिलकण्ठ ११ मा कांग्रेस वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित


नेपाली अपडेट
बुधबार, अशोज ६, २०७८
 

नेपाली काँग्रेसको चौधौं महाधिवेशन को सरगर्मी बढदो छ! गत भाद्र १८ गते देखि वडा अधिबेशनको प्रक्रिया सुरु भएको छ! देशै भर वडा वडा अधिबेशन फरक फरक ढंगले सम्पन्न हुने क्रम जारी छ! कतै वडा अधिबेशन बिवाद बढेको कारण स्थगित हुन पुगेको छ भने कतै कडा प्रतिस्पर्धा भएको छ । आन्तरिक लोकतान्त्रको सुदृढीकरण र पार्टी शुद्धिकरणको महत्वपूर्ण यो घडिमा बिरलै मात्र सर्वसहमत तरिकाले कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि चयन हुने खवर आइ रहेको यो घडिमा बुढानिलकण्ठ ११ को महाधिवेशन प्रक्रिया बाट सम्पुर्ण कार्यसमिति पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरु सर्वसहमत रुपमा निर्वाचित भएका छन! आज भएको वडा अधिबेशनले वडा समितिको सभापतिमा पुर्व वडा सभापति राधेश्याम कार्किलाईनै निरन्तरता दिएको छ। यसै गरि उप सभापतिहरुमा दिल्ली रिजाल र नारायण खड्का निर्वाचित हुनु भएको छ भने सचिवमा कपन पैयाटारका सुदर्शन के.सि. निर्वाचित हुनु भएको छ भने अर्का सचिवमा आनन्द अधिकारी निर्वाचित हुनु भएको छ।

 

पार्टिका नयाँ तथा पुरानो क्रियाशिल कार्यकर्ता हरुलाइ समेटेर युवा तथा प्रौढहरुको सर्व सहमत रुपमा वडा कार्यसमिति तथा अन्य क्षेत्रीय प्रतिनिधि हरु निर्वाचित गरिएको छ। वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरुको नाम यसप्रकार रहेको छ!

प्रकाशित भएको : September 22nd, 2021

सम्वन्धित समाचारहरु