• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


वडा अध्यक्षको पाँच वर्ष सम्मको सबै तलब र भत्ता विपन्नलाई दिने घोषणा


नेपाली अपडेट
सोमवार, साउन २०, २०७६
 

मुगु, साउन २० । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले आफू जनप्रतिनिधि भएर पाउने गरेको सबै रकम विपन्न वर्गहरुलाई दिने घोषणा गरेका छन् ।

वडा अध्क्षय बिष्णु कुमार भामले आफू जनप्रतिनिधि भए वापतको नेपाल सरकारबाट पाउने सबै तलब र भत्ता विपन्न वर्गहरुलाई दिने घोषणा गरेका हुन् । सोमबार बिहान छायानाथ रारा नगरपालिका ढुम गाँउमा रहेका विपन्न गरिब, दलित बस्तीबाट एक पत्रकार सम्मेलन कार्याक्रम गरी राहत सामाग्री पनि हस्तान्तरण गरिएका छन् । उक्त कार्याक्रममा उनले विपन्न बर्गलाई सहयोग स्वरुप आफ्नो तलब भत्ता दिर्ने बताएका हुन् ।

५ वर्ष सम्मको सबै पारिश्रमिक तलब भता छायानाथ रारा नगरपालीका भित्र रहेको १ देखि १४वडा सम्म रहेका गरिब विपन्न दलित रहेका ३४ बस्तीहरुमा रहेका व्यक्तिलालाई फरक फरक हिसावले कुनै बस्तीका सरसफाई सामान, विद्यार्थीरुलाई किताव, कापी, कलम, झोला,खाद्यान्न र भाँडा कुडा दिएर सहयोग गर्ने बताइएको छ । त्यती मात्र नभएर गमगढी बजार चौन,चौतारा,बोटुधारा,ताल्चा एयरपोट,राराको मिलीचौरका ६ स्थानमा सार्वजनिक शैचालय पनि बनाई दिने भामले उद्घोष गरेका छन् ।

वडा अध्क्षय भामले आज पहिलो दिन ढुम गाँउका १ सय ४४ घर परिवारका प्रतेक घर धुरीलाई २ लिटरको दरले खाने तेल आफ्नो तलब भत्ताबाट ५० हजार बराबरको सहयोग वितरण गरेका छन् ।
स्थानीय विपन्न बर्ग उनका सहयोगबाट निकै सुखी भएका छन् ।

प्रकाशित भएको : August 5th, 2019

सम्वन्धित समाचारहरु