• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


चोरीका घटनाबाट सचेत र सजगता  अपनाउन बौद्धमा घरदैलो कार्यक्रम


नेपाली अपडेट
आइतवार, अशोज १०, २०७८
 

काठमाडौं । हिन्दूहरुको  महान  चाड   बडा    दशैको समयलाई   मध्यनजर   गर्दै  , चोरीका घटनाबाट सचेत र सजगता  अपनाउन बौद्ध महानगरीय प्रहरी बृत्त र  सामुदायिक सेवा समिति तथा बौद्ध  सामुदायिक प्रहरी को संयुक्त   सकृयतामा   जनचेतनामूलक कार्यक्रम अन्तर्गत  घरदैलो तथा पर्चा पम्प्लेट  वितरण गरियो।

बौद्ध  मुख्य   प्रवेश द्वार बाट आज सुरु भएको घर दैलो कार्यक्रम बौद्ध पिपल बोट हुदै पुनः बौद्ध मुख्य प्रवेश द्वार पुगी सप्ताह व्यापी कार्यक्रम समापन गरिएको थियो ।

मिति २०७८।०६।१० गते बिहान ०८;०० बजेको समय देखि ऐ.११;०० बजेको समयसम्म बौद्ध बृत्तका  प्र,नि.समेतको प्रहरी टोली,जनप्रतिनिधी,सामुदायिक सेवा केन्द्र बौद्धका पदाधिकारीहरु समेतको सहभागीतामा चाडबाडलाई लक्षित गरी ठगी,चोरी,लुटपाट,डकैती हुनबाट बच्न तथा जोगिन १६० घरमा घरदैलो तथा १६० वटा सचेतनामुलक स्टिकर वितरण गर्नुका साथै ३० स्थानमा पुगियो ।

प्रकाशित भएको : September 26th, 2021

सम्वन्धित समाचारहरु