• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


विदेशमा बिजुली बेच्न थाल्छौँ अर्को वर्षदेखि: निर्देशक घिसिङ


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

११ पुष २०७६, शनिबार

काठमाडौँ, १२ पौष । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको र अर्का वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने बताएका छन् ।

शुक्रबार राजधानीमा नेपाल जनप्रशासन सङ्घले गरेको कार्यक्रम बोल्दै उनले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी गराए।

मुलुकमा वि.सं. १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुआत भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै उनले भने, ‘नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ’, उनले भने, ‘लोडसेडिङ अन्त्य मात्रै होइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ।’

उनले गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिए। विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै उनले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिए । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको बताए। त्यसबाट वार्षिक सात अर्ब बढी थप आम्दानी गरेको उनले बताए ।

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु