
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठी भवन बौद्ध , फुलबारी स्थिति नेसनल इ.एन. टी सेन्टर ( जमल) र बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा बृहत नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो ।
बिहान दस बजेदेखि नाक कान घाँटी थाइराईट र घुर्ने सम्बन्धि बिशेषज्ञ डाक्टरहरु द्वारा सेवा दिएको उक्त कार्यक्रममा करिब तीन सय जना समस्य भएका बिमारीहरुले लाभ लिएको र बिमारीहरु उल्लेख्य उपस्थिति रहेको आयोजना संस्था बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले जानकारी दिनु भएको छ।
हालको कोभिड -१९ को परिस्थितिमा शान्त बाताबरणमा सामाजिक दूरीको नियम पालन गर्दै बेलुका चार बजे सम्म संचालित बृहत स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक , युवा समस्या भएका बिमारीलाई जाँच परिक्षण गरिए पछि नि: शुल्क रुपले औषधि उपलब्ध गरिएको गुठीका सचिव सुरेन्द्र लामा जानकारी दिनु भएको थियो ।