• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


निर्देशनमा विनय दोङ तामाङको सफलता तामाङ चलचित्रमा


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

११ पुष २०७६, शनिबार

काठमाडौ – काभ्रे जिल्ला, तेमाल गा.पा. -६ ठूलो पर्सेलमा जन्मिएका हुन् विनय दोङ तामाङ।उनी तामाङ चलचित्र क्षेत्रमा एक सफल निर्देशकका रुपमा चिनिन्छ। उनले तामाङ चलचित्र आमाला माया, छोर्वा र लेङस्याला सेम्जोमा अभिनय यात्रा सुरु गरि तामाङ चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। तामाङले पहिलो पटक धादिङ जिल्लाको उत्तरी भेगमा बसोबास गर्दै आइरहेका तामाङ समुदायले मनाउने परम्परागत जात्रालाई आधारशिला बनाई “म्हानेजात्रा ” तामाङ डकुमेन्ट्री चलचित्र निर्देशन गरेका थिए ।

 

। उक्त “म्हानेजात्रा” चलचित्र अन्तरास्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवमा छनोट हुन सफल भएको थियो। तामाङको पहिलो चलचित्र निर्देशन निकै प्रशंसानिय रहेको छ भने उनी तामाङ चलचित्र निर्देशनमा सफल निर्देशकका रुपमा आफुलाई चिनाउन सफल भएका छन्।यसैगरी उनकै निर्देशनमा तेमालका अन्तिम राजा ह्रेन्जेन दोर्जेको पनि डकुमेन्ट्री चलचित्र बनेको थियो।

निर्देशक विनय दोङ तामाङको निर्देशनमा दर्जनौं तामाङ चलचित्रहरु बनिसकेको छ। सेमला माया, मुग्लान ह्युल,धिमनाम, मायाला मेन्दो र टुहुराला ल्हुई उनैले निर्देशन गरेका चलचित्रहरु हुन्। “टुहुराला ल्हुई” २०७२ बैशाख १२को विनाशकारीमा आफ्नो अभिभावक गुमाएका बालबालिकाहरुको कथा समेटी निर्माण गरिएको चलचित्र हो। उक्त चलचित्र जमल नाचघर, बौद्ध काठमाडौ र पोखरामा प्रदर्शन भइसकेको छ। “अब काभ्रेको बनेपा, हेटौंडा र सर्लाही जिल्लामा पनि प्रदर्शन गर्ने तयारीमा लागि रहेको “जानकारी तामाङले तेमाल खबरलाई दिएका छन्।

यसैगरी तामाङले अर्को नयाँ चलचित्र “ङला आमा” को निर्माणकार्यमा आफू जुटिरहेको बताए। उक्त चलचित्रको कथा तथा गीत लेख्ने काम भइ रहेको जानकारी दिए। तामाङले “चलचित्र निर्माण तथा निर्देशन गरि आफ्नो भाषा, कला, संकृती र इतिहासको संरक्षण तथा बिकास गर्न आफू लागि परिरहेको” जिकिर गरे। उनी आफ्नो पहिचानको लागि तामाङ चलचित्र क्षेत्रमा सधैं रहिरहने कुरा व्यक्त गरे।

 

 

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु