• बिहिबार, अशोज २४, २०८१
  • | October 10, 2024


बौद्ध नगर विकास समितिको सकृयतामा श्री बौद्धनाथ क्षेत्र विकास समिति , बागमती जग्गा एकीकरण आयोजना तथा स्थानीय सहयोगी दाताहरुको सहयोगमा बौद्ध नगरको प्रवेशद्वार नं १,२ को औपचारिक कार्यक्रमकासाथ समुद्घाटन कार्यक्रम सुसम्पन्न गरियो


नेपाली अपडेट
आइतवार, अशोज १७, २०७८
 

बौद्ध नगर विकास समितिको सकृयतामा श्री बौद्धनाथ क्षेत्र विकास समिति , बागमती जग्गा एकीकरण आयोजना तथा स्थानीय सहयोगी दाताहरुको सहयोगमा बौद्ध नगरको प्रवेशद्वार नं १,२ को औपचारिक कार्यक्रमकासाथ समुद्घाटन कार्यक्रम सुसम्पन्न गरियो।

 

बौद्ध नगर विकास समिति संस्थाका अध्यक्ष तेजमान लामाको सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख आतिथ्यतामाको आसन ग्रहण गर्नु हुदै आफ्नो संस्थाको तर्फबाट सकारात्मक कार्यको निम्ति सहयोग र सहकार्य गर्ने प्रतिबद्ध गर्दै नं १ को प्रवेशद्वारको बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले समुद्घाटन गर्नु भएको थियो भने नं २ को बिशेष अतिथि बागमती जग्गा एकीकरणका आयोजना उपभोक्त समिति बौद्धका अध्यक्ष देव कुमार लामाले गर्नु भएको थियो ।

स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधित्व गर्दै बागमती जग्गा एकीकरण आयोजनाका सल्लाहकार समाजसेवी नेपाल जीत लामा समाजसेवी जयमंगल लामा बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा सामुदायिक सेवा समितिका अध्यक्ष वीर बहादुर लामा ओम् तामाङ सुखदुःख गुठीका अध्यक्ष सुरज रुम्बा एकल महिला समाज अध्यक्ष सकिला लामा छोर्ङान महिला समाजका माया डोल्मा लाखे पोखरी युवा क्लबका अध्यक्ष ज्योति लामा युवा समाजसेवी भुवन लामा टुसाल युवा क्लबका अध्यक्ष विजय लामा लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

देश र राष्ट्र प्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रमका प्रमुख अतिथि चन्द्रमान लामाले छोईमे बत्ती बलेर औपचारिक रुपले कार्यक्रम उद्घाटन गरिएको उक्त समुद्घाटन कार्यक्रमको संचालक संस्थाका सचिव झुलिराम र स्वागत मन्तव्य सह सचिव रोजी श्रेष्ठले गर्नु भएको थियोे अन्तिममा सभापतिको धन्यवाद तथा कार्यक्रम विसर्जन तेजमान लामाले गर्नु हुदै उपस्थित सम्पूर्ण महानुभावहरुलाई भोजनमा सरिक हुन अनुरोध गर्नु भएको थियो ।

प्रकाशित भएको : October 3rd, 2021

सम्वन्धित समाचारहरु