• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बुद्ध शिक्षा बिकास प्रतिष्ठान ,नेपालको आयोजनामा आगामी राष्ट्रीय जनगणना २०७८ को लागि नेपाली बौद्धधर्मका सबै सम्प्रदायहरुले धर्मको प्रश्नमा बुद्ध धर्म लेखाउन गर्नुपर्ने


नेपाली अपडेट
सोमवार, अशोज १८, २०७८
 

बाबू घिसिङ

असोज १७ काठमाडौ ।  बुद्ध शिक्षा बिकास प्रतिष्ठान ,नेपालको आयोजनामा आगामी राष्ट्रीय जनगणना २०७८ को लागि नेपाली बौद्धधर्मका सबै सम्प्रदायहरुले धर्मको प्रश्नमा बुद्ध धर्म लेखाउन गर्नुपर्ने कार्य र जिम्मेवारी सम्बन्धमा छलफल भएको छ । तमु बौद्ध सेवा समिति , अनामनगरमा बसेको

प्रतिनिधिमुलक संस्थाहरु थियोे । तमु बौद्ध सेवा समितिका अध्यक्ष – ध्रुव बहादुर गुरुङ , नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष – देउ बहादुर राना मगर , बुद्ध अम्वेडकर जागरण मिसनका – कमला हेमचुरी , धर्मोदय सभाका उपाध्यक्ष – द्वय पुर्व मन्त्री इन्द्रबहादुर गुरुङ र डा . केशवमान शाक्य , नेपाल शेर्पा संघका उपाध्यक्ष – दावा शेर्पा , नेपाल तामाङ घेदुङका महासचिव – बाबु घिसिङ तामाङ र आयोजक संस्थाका संयोजक भिक्षु – मंदेङकर / नारायण बहादुर आले , सह-कोषाध्यक्ष – होमबहादुर थापा मगर , सदस्य – मणिराम गुरुङ , निरु लामा , भिक्षु श्रमगेर सनता लगायतका सहभागीता रहेको थियोे । आगामी जनगणनानामा आम आदिवासी जनजाति

समुदाय हिन्दु बर्णाश्रम भित्रका नभएकोले हिन्दु होइन भन्नेमा प्रष्ट हुनुपर्छ , तर हिन्दु समाजका पण्डितहरुले ॐ ओमकार परिवार सबै हिन्दु भित्रकै सम्प्रदाय हो भनेर भ्रम सिर्जना गरेको प्रति पनि हामी बुद्धिष्ट हिन्दु भित्रका होइनौं भन्नेमा प्रष्ट हुनुपर्ने साथै घर घरमा आउने गणकहरुले सहि टिप्पणी गरे नगरेको अनुगमन गर्नुपर्ने जस्ता महत्त्वपूर्ण छलफलको निष्कर्ष छ ।

प्रकाशित भएको : October 4th, 2021

सम्वन्धित समाचारहरु