• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


बौद्धमा बिजयादशमीको शुभकामना आदानप्रदान तथा लागुऔषध,सामाजिक चुनौती र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण” बिषयमा अन्तरक्रिया सम्पन्न


नेपाली अपडेट
बुधबार, अशोज २०, २०७८
 

काठमाडौं । समुदाय साझेदारी अवधारण अन्तर्गत महानगरीय प्रहरी बृत्त बौद्ध र सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी बौद्धको आयोजनामा ” बिजयादशमीको शुभकामना आदानप्रदान तथा लागुऔषध,सामाजिक चुनौती र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण” बिषयमा अन्तरक्रिया सम्पन्न गरियो।

सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी बौद्ध का अध्यक्ष वीर बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि टेकु काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिह ज्यू ,महानगरीय प्रहरी परिसरका समुदाय-प्रहरी साझेदारीका शाखा प्रमुख प्र.ना.उ.निरन्जन दत्त भट्ट तथा यस महानगरीय प्रहरी बृत्त बौद्धका कार्यालय प्रमुख प्र.ना.उ.ढुण्डीराज न्यौपानेको बिशेष आतिथ्यतामा ६ नं वर्ड अध्यक्ष दिपेन्द्र लामा स्थानीय जनप्रतिनिधीहरु,सामुदायिक सेवा केन्द्र पदाधिकारीहरु,बिभिन्न स्कुल तथा कलेजका शिक्षक,बिद्यार्थीहरु,महिला समुहका प्रतिनिधीहरु,बिभिन्न क्लबका पदाधिकारीहरु, उल्लेख उपस्थिति रहेको थियो ।

प्रकाशित भएको : October 6th, 2021

सम्वन्धित समाचारहरु