
शुक्रबार, अशोज २२, २०७८
काठमाडौं । बौद्ध परिसरमा सुरक्षामा खटिएको बौद्ध नाथ क्षेत्र विकास समितिका सुरक्षा गार्ड टेण्डि शेर्पालाई स्कुटरमा आएका तीन जना युवाहरूको समुहले निर्घात रुपले कुटपिट गरि शक्त घाइते बनाएको छ ।
घाइते टेण्डि शेर्पालाई पेटमा, टाउको, जीउमा लात्तीले आक्रमण गरेकोले दाईने आखामा गहिरो चोट लागेर देख्न नसकेको अवस्थामा रहेको परिवारले जानकारी दिएको छ ।
रातको तीन बजेको समयमा घटेको घटनामा ती तीन जना युवाहरुले अन्धाधुन्ध आक्रमण गरि टेण्डि शेर्पालाई भुइँमा लडाइँ राखेर पुनः फर्केर आक्रमण गरिएको सि सि टिभी को फुटेजमा देखिन्छ । सो घटनाको छानबिन गरि दोषीलाई पत्तो लगाई आवश्यक कार्वाहीको लागि परिवार र बौद्ध नाथ क्षेत्र विकास समितिले नजिकैको महानगरीय प्रहरी बृत्तमा उजुरी दिएका छन्।
प्रकाशित भएको : October 8th, 2021