• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


कोरियन कम्पनी सङ्ग झण्डै १२ अर्ब रुपैयाँको सम्झौता,अब नेपालमै गाडी उत्पादन हुँदै ,


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

पुस १२, २०७६ शनिबार

नेपालमा अब चारपांग्रे गाडी उत्पादन हुने भएको छ । कोरियन उत्पादन कम्पनीले गाडी उत्पादनका लागि सम्झौता गरेको छ । कोरियाली कम्पनी मोट्रेक्सले नेपालसंग गाडी उत्पादनका लागि अनुमति मागेको थियो । कम्पनीको प्रस्ताव नेपालले स्वीकार गरेको छ । हालै परियोजना लगानी सम्झौता भएपछि चारपांग्रै गाडीको उत्पादनका लागि बाटो खुलेको छ । लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट (पीआईए) मा सम्झौता भएको हो ।

सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । तत्कालका लागि पहिलो चरणमा कोरियन कम्पनीले झण्डै १२ अर्व रुपैया लगानी गर्ने भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले सो कुराको पुष्टि गरेका छन् । उनले लामो समय देखि छलफलमा रहेको विषय बुधवार देखि टुंगोमा पुगेका बताए । उनले भने, अब यो समझदारीलाई बोर्ड बैठकले पारित गरेको छ, उहाँहरुले अब वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न सक्नुहुनेछ ।’

ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले जानकारी दिए । सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ । २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।

कियाको स्पोर्टेज एसयुभी शून्य प्रतिशत ब्याजदरमा किन्न पाइने, मासिक किस्ता ४८३८० मात्र

कियाको लोकप्रिय एसयुभी ‘स्पोर्टेज’ शून्य प्रतिशत ब्याजदरमै सरल किस्ताबन्दिमा किन्न पाइने भएको छ । मासिक ४८ हजार ३८० रुपैयाँ किस्तामै उक्त एसयुभी किन्न पाइने भएको हो । नेपालका लागि किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो ।

राष्ट्र बैंकको नियमअनुसार किस्ताबन्दी योजनामा सहभागी हुन मूल्यको ५० प्रतिशत डाउनपेमेन्ट भने ग्राहक आफैले जोहो गर्नुपर्ने छ । बाँकी ५० प्रतिशत रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ । देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा उक्त सुविधा पाइने कम्पनीले बताएको छ । किस्ताबन्दी योजना जनवरी १५ सम्मका उपलब्ध हुने छ ।

नयाँ स्पोर्टेजको इन्टेरियर र एक्सटेरियरमा धेरै फेरबदल गरेर प्रस्तुत गरिएको छ । जसकारण थप स्टाइलिस भएको छ । नयाँ स्पोर्टेज सहरी क्षेत्रमा चलाउन झन् सहज भएर आएको छ । कारको अगाडीपट्टि एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट् जडान गरिएको छ ।

कोरियन मोटर निमार्ता कम्पनी किया मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता कन्टिनेन्टल टे«डिङ प्रालिले नेपाली बजारमा सर्वाधिक रुचाएको स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ । किया मोटर्ससँग कन्टिनेन्टल टे«डिङले सहकार्य गरेको २५ औं बर्षगाँठको अवसर पारेर नयाँ स्पोर्टेज सार्वजनिक गरिएको हो ।

किया मोटर्स र कन्टिनेन्टल टे«डिङले सफलतापूर्वक रजत जयन्ती (सिल्भल जुब्ली) पार गरेको अवसरमा २७ पुष २०७५ मा राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा विशेष कार्यक्रम गरी चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक गरिएको हो । कियाले उत्पादन गरेमध्ये सबैभन्दा लामो समयसम्म नेपालसहित विश्व बजारमा लोकप्रिय हुन सफल कारको दर्जामा स्पोर्टेज गणना हुने गरेको छ । विश्वबजारमा सर्वाधिक बिक्री हुने स्पोट्स युटिलिटी भेहिकल (एसयुभी) को सुचीमा स्पोर्टेजले आफ्नो स्थान सुरक्षित गर्दै आएको छ ।

नेपाली बजारमा नयाँ स्पोर्टेजको मुल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु गरिएको छ । नयाँ कार चार भेरिएन्टमा उपलब्ध गराइएको छ । नयाँ स्पोर्टेजको इन्टेरियर र एक्सटेरियरमा धेरै फेरबदल गरेर प्रस्तुत गरिएको छ । जसकारण थप स्टाइलिस भएको छ । नयाँ स्पोर्टेज सहरी क्षेत्रमा चलाउन झन् सहज भएर आएको छ । कारको अगाडीपट्टि एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट् जडान गरिएको छ । लाइटलाई परिस्कृत गरी थप फराकिलो र टाढासम्म प्रकाश फाल्न सक्ने बनाइएको छ । एसयुभी सेग्मेन्टमै उत्कृष्ट प्रकाश फाल्न सक्ने कारको रुपमा नयाँ स्पोर्टेजलाई प्रस्तुत गरिएको छ ।

चौथो पुस्तको स्पोर्टेजमा कियाको नविन ड्राइभिङ प्रविधि र इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । जसले यात्रा अवधिभरलाई सहजता प्रदान गर्ने क्षमता राख्छ । कार उत्पादनका दौरान उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षा सम्बन्धी नविन प्रविधिहरु जडान गरिएको छ । पेट्रोल र डिजेल दुवै भर्सनमा उपलब्ध कारमा ग्राण्ड ट्यूरिङ (जिटी लाइन) सुविधा छ, जसले यात्रालाई कम्फोर्ट र स्टाइलिस बनाउन मदत गर्छ ।

कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), ठूलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम उपलब्ध छ । त्यसैगरी ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल

स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषताले कारले सुरक्षित बनाइएको छ । निक्कै बलियो स्टीलको प्रयोग गरी कारको बडी तयार गरिएको छ ।

कार विभिन्न ६ नयाँ रङमा उपलब्ध छ । एसयुभी कारको भीडमा नयाँ स्पोर्टेज आइडल भएर उदाहरण प्रस्तुत गर्ने कम्पनीको विश्वास छ । यसको मुल्य, आकार र कार्यक्षमताका कारण छोटो समयमै लोकप्रिय हुने विश्वास लिएको कन्टिनेन्टल टे«डिङ प्रालिका सहायक महाप्रबन्धक अनिस लामछानेले बताए ।

उनले भने, ‘नयाँ स्पोर्टेजलाई लिएर हामी धेरै उत्साहित छौं । कोरियाबाटै सोझै आयात गरेर पनि हामीले नेपाली बजार सुहाउँदो मूल्य निर्धारण गर्न सफल भएका छौं । कार नविन प्रविधिबाट सु–सुज्जित भएर भित्रिएको छ । हामीले किया मोटर्ससँग सहकार्य गरेको २५ बर्ष पुरा भएको अवसरमा नयाँ स्पोर्टेज सार्वजनिक गर्न पाउँदा धेरै गौरव महसुस गरेका छौं । हामीले सन् २०१९ का लागि विशेष योजना बनाएर काम गरिरहेका छौं र यो अवधिमा चार भिन्न नयाँ मोडल नेपाल भित्र्याउने लक्ष्य राखेका छौं ।
हामीले कियाको कार बिक्रीसँगै सेवा प्रवाहलाई पनि उत्तिकै प्राथमिकता दिएका छांै । त्यसैले सेल्स र सर्भिस नेटवर्क बिस्तारमा ध्यान केन्द्रित गरिरहेका छांै । चाँडै हामीले काठमाडौंमा थप २ वटा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) युक्त आउटलेट खोल्न लागेको आम उपभोक्तालाई सहर्ष जानकारी गराउँदछौं । हामी सम्पूर्ण उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गर्न सधंै तत्पर रहेका छौं ।’

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु