• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


श्री बौध्द तामाङ कल्याण गुठीको १६ औ वार्षिक साधारण सभा सम्पन्न


नेपाली अपडेट
आइतवार, कार्तिक १४, २०७८
 

काठमाडौं । श्री बौध्द तामाङ कल्याण गुठीको १६ औ वार्षिक साधारण सभा स्मारिका विमोचन तथा सम्मान कार्यक्रम  तामाङ भवन अंगतधारा बौद्धस्थित सम्पन्न गरियो।

श्री खड्ग जीत लामा ज्युको सभापतित्वमा भएको उक्त कार्यक्रमको  प्रमुख आतिथ्यता माननीय श्री कृष्ण बहादुर राइ ज्यु ,ले गर्नु हुदै छ्योईमे बत्ती बालेर समुद् घाटन  गरिएको कार्यक्रममा विभिन्न  बिषय , विधामा सफलता हासिल गरेका गुठीका  सदस्यहरुलाई सम्मान  पत्रले सम्मानित  गरिएको थियो ।

विशेष अतिथिहरु प्रदेश संसद माननीय श्री छिरिङ दोर्जे लामा ज्यु,६ नम्बर वार्ड अध्यक्ष दिपेन्द्र लामा ज्यु , बौद्ध क्षेत्र विकास समिति अध्यक्ष चन्द्र मान लामा ज्यु , अतिथिहरुमा गुठी सल्लाहकार बसन्त लामा , जयमंगल लामा , देव लामा   ,सम्पूर्ण लामा  संघसंस्थाका तर्फबाट सामुदायिक सेवा समिति तथा बौद्ध  सामुदायिक प्रहरी अध्यक्ष वीर बहादुर लामा , खास्ती नेवा पुचा अध्यक्ष दिनेश श्रेष्ठ,  देव भ्या गुठी अध्यक्ष सुवास शाक्य, ओम् तामाङ सुखदुःख गुठी अध्यक्ष सुरज लामा  गुठी परिवार लगायतको  उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथिको बहुमुल्यबाट संयुक्तरूपमा गुठी स्मारिका २०७८ को विमोचन गरि सार्वजनिक गरिएको  थियो ।

 

प्रकाशित भएको : October 31st, 2021

सम्वन्धित समाचारहरु