• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरू विरुद्ध प्रदर्शन


नेपाली अपडेट
बिहिबार, कार्तिक १८, २०७८
 

इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ । मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनमा सहभागीहरुले टिप्पणी गरेका छन् ।

माइतीघरमा भएको प्रदर्शनपछि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । कानून व्यवसायीहरुको समूहले राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आयोग समक्ष ज्ञापन पत्र पनि बुझाएका छन् । सर्वाच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भीर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोग संग उपयुक्त छानविनको माग पनि राखेको छ । ज्ञापनपत्र बुझाउदै अधिवक्ताहरुले आम जनताको न्यायमाथिनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिएका थिए । अधिवक्ताहरुले सर्वाच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग पनि गरेका छन् ।

प्रकाशित भएको : November 4th, 2021

सम्वन्धित समाचारहरु