• शनिबार, बैशाख १५, २०८१
  • | April 27, 2024


मङ्सिर २१ मा राष्ट्रिय नाचघर जमलमा मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले


नेपाली अपडेट
आइतवार, कार्तिक २१, २०७८
 

मिस शिङ्सा भोटियाको फिनाले  मङ्सिर २१ गते हुने अति सीमान्तकृत जाती शिङ्सा-भोटिया जातीको ईतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको एतिहासिक कार्यक्रम मिस शिङ्सा भोटियाको ग्राण्ड फिनाले मङ्सिर २१ गते मंगलवारको दिन काठमाडौंको रास्ट्रीय नाचघर जमलमा सम्पन्न हुने भएको छ ।

देशका विभिन्न कुनाबाट छनौटमा परेका ट्प सेभेनको प्रस्तुति रहने उक्त समारोहमा नेपाली चलचित्र, कला, संगीत र समाज सेवामा योगदान पुर्याउने विशिस्ट व्यक्तित्वहरुलाई शिङ्सा-भोटिया सम्मान समेत गरिने आयोजक समितिले जानकारी गराएको छ ।

ईन्डियन आईडल प्रशान्त तामाङ, गायिका कुन्ती मोक्तान, गायक लाक्पा शेर्पा, गायक मिङमा शेर्पा, गायक उमंग भोटिया, गायक छिरिङ भोटिया, गीतकार गुरु भोटियालाई शिङ्सा-भोटिया संगीत सम्मानले सम्ममा गरिने भएको छ । यसैगरी कलाकार बुद्धि तामङ, कलाकार बिजय बराल, कलाकार गजित विस्ट, कलाकार केकी अधिकारी र चित्रकार योन्देन भोटियालाई शिङ्सा-भोटिया कलाकारीता सम्मान प्रदान गरिने भएको छ । पत्रकार डिनेश डिसी, सुशील पौडेल र निमा पोङ्सुवा भोटियालाई शिङ्सा-भोटिया पत्रकारिता सम्मानले सुसोभित गरिने र समाजसेवी कर्मा ज्यामु भोटिया, कर्म भोटिया, छिरिङ पान्ढे भोटे, सान्डुक भोटे, फुर्बु रिदर भोटे, छेवाङ भोटिया र किङ्साङ लामा भोटेलाई पनि विभिन्न विधामा सम्मानित गरिने आयोजकले जानकारी गराएको छ । रास्ट्रीय कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा शिङ्सा-भोटिया समुदायको कलाकारहरुको पनि विशेष प्रस्तुति रहने आयोजक समिती अध्यक्ष तेन्जिङ भोटियाले जानकारी गराएको छ ।

अध्यक्ष तेन्जिङ भोटिया

कास्टमण्डभ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस कार्यक्रमको आयोजक भने बज्रकिल्या प्रोडक्सन्स प्रा लि रहेको छ ।

प्रकाशित भएको : November 7th, 2021

सम्वन्धित समाचारहरु