• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


दिपेन्द्र लामा र चन्द्र दिप लामाको प्रदेश नं ३ “क”मा सभापतिको उम्मेदवारी


नेपाली अपडेट
सोमवार, कार्तिक २२, २०७८
 

काठमाडौं । नेपाली काँग्रेस १४ औँ महाधिवेशनकाे क्रममा छ। महाधिवेशन अन्तर्गत इकाइ र पालिकास्तरकाे अधिवेशन सम्पन्न भएकाे छ ।  मंसिर लाग्ने  बित्तिकै  निर्वाचन क्षेत्रअन्तर्गतकाे प्रदेश अधिवेशन हुँदैछ ।

 

परिवारीक राजनीतिक पृष्ठभूमि भएका समाजमा चिर परिचित युवा जागरुक युवा  नेत काठमाडौं  जिल्ला क्षेत्र न ०३ कै प्रदेश स्तरीय अन्तर्गत प्रदेश ‘क’ को सभापति को प्रत्यासी कामनपा वडा न०६ कै चन्द्रदीप लामा ‘काजु’ ले पनि प्रदेश सभापति मा आफनो उम्मीदवारी घोषणा गरेका छन। वि. स. २०२४ पुस महिना १४ गते पिता स्व. चित्र कुमार लामा र आमा विष्णुमाया लामा को कोख बाट जन्मेका हुन। वि.स २०४२ साल देखि नै ने कांग्रेस को कृयासील सदस्य रहेका लामा सामाजिक कृयाकलप मा निरन्तर सकृया रहि धेरै योगदान पुर्याउदै आएका छन। नेपाली कांग्रेस पार्टी भित्रै पनि मौलाउदै गएको विकृति विसंगति र निषेधको राजनीतिक लाई निस्तेज बनाई विचार संस्कार र आदर्श को परिपाटी लाई स्थापित गर्नको लागि पनि आफूनो सभापतिकाउम्मेदवार मा दाबी गरिएको बताएका छन् ।

 

काठमाडौ जिल्ला क्षेत्र नं ३ अन्तर्गत काठमांडू महानगरपालिका बौद्ध, वडा न०६ निवासी दीपेन्द्र लामा(दिपेन),पिता स्व.विवेक लामा र आमा मेनुका लामा स्याङ्तानको कोखबाट मिति २०२७ साल ११ महिना २८ गते जन्मनु भएको हो।लामो समय देखि नेपाली कांग्रेसमा आवद्ध  रही आएको लामाले वि.स. २०४६ साल देखि नै कृयासील सदस्यता प्राप्त गर्नु भई नेपाली कांग्रेस को राजनीतिक यात्र को दौरनमा वि.स.२०५० सालमा ने वि संघ,वडा न ०६ बौद्धको सभापति, त्यसै गरि वि.स. २०५२ सालमा ने वि संघ काठमांडू जिल्ला कोषाध्यक्ष रही कामनपा वडा न०६ ईकाइ सचिव, ने का उपत्यका समन्वय समिति सदस्य, र ने का जनजाति विभाग को केन्द्रीय सदस्य समेत रहनु भएका लामा टोल समाज मा ईमानदार तथा सदाचारी नेताका रूपमा चिरपरिचित छन।नेपाली कांग्रेस क्षेत्र न ०३ को आसन्न १४औ अधिवेशन अन्तर्गत को वडा अधिवेशन बाट क्षेत्रीय प्रतिनिधि चयन हुनु भएकोमा आउदै गरेको क्षेत्रीय अधिवेशन मा दीपेन्द्र लामा ले काठमांडू जिल्ला क्षेत्र न. ०३ को क्षेत्रको सभापति मा आफनो दावी सहित उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय हरूको अनुसार काँग्रेसमा लामा सच्चरित्र, जिम्मेवार, मेहनति एवम् बाैद्धिक नेताका रूपमा परिचित छन् ।

 

प्रकाशित भएको : November 8th, 2021

सम्वन्धित समाचारहरु