• आइतवार, अशोज ७, २०८०
  • | September 24, 2023


साङ्डोमा तामाङले जितिन मिस तामाङ वल्ड 2021को उपाधि


नेपाली अपडेट
शुक्रबार, मंसिर १०, २०७८
 

मिस तामाङ वल्ड 2021 सम्पन्न – बिश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा आबद्ध गरी आफ्नो भाषा ,धर्म ,कला सस्कृती , भेषभुषा , बाजा,रितिरिवाज,परम्परालाई संरक्षण तथा आफ्नो जाति तथा अन्य जातिहरुमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजित मिस तामाङ वल्ड – 2021 प्रतियोगिता कार्यक्रम सम्पन्न भयो।

मिस तामाङ वल्ड फाउन्डेसनको सहकार्यमा साधना कला केन्द्रको आयोजनामा मिलन मोक्तानको अध्यक्षता तथा धर्म गुरु शाल्पा तेन्जिङ रेम्पोर्छेज्युको प्रमुख आतिथ्य मा सोल्टी होटेल काठमाडौंमा सम्पन्न भएको थियोे ।

उक्त कार्यक्रममा जज प्यानलमा बरिस्ठ सामाजसेबी दान ब. तामाङ , बरिस्ठ शैक्षिक परामर्श विद तथा नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान , बाल रोग विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. छिरिङ योन्जन, अर्थविद डा. माधब सुन्दर मल्ल,वातावरण विद अश्र कुवर , मिसेस पर्यटन 2019 कि बिजेता छिरिङ डोल्मा शेर्पा र ,सस्कृती बिद ध्यान ब. मोक्तान हुनुहुन्थ्यो। साथै बिशेष अतिथिमा नेपाल बिद्धुत प्राधिकरणको कार्यकरी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङ , सर्बोच्च अदालतका न्यायाधीश टङ्क मोक्तान , पुर्वमन्त्री परशुराम तामाङ ,पुर्व राज्यमन्त्री रामबिर मानन्धर , एआइजी कृष्ण कु. तामाङ ,मिस तामाङ 2012बिजेता, अभिनेत्री तथा डान्सिङ ऊइथ स्टार 2021कि बिजेता सुमि मोक्तान , आस्का जापानको प्रतिनिधि तथा स्वयम्भू निक्को प्रोजेक्ट निर्देशक बिनोद कुमार तामाङ,नेपाल सरकारका पुर्व सचिव धन ब. तामाङ , इ. देव कु. तामाङ , सस्कृतीविद धावा वाङ्गेल मोक्तान , नेपाल राष्ट्रिय तामाङ घेदुङ्का अध्यक्ष वीर ब. योन्जन , चलचित्र निर्देशक बिनय दोङ तामाङ लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।

उक्त कार्यक्रममा 19 जना प्रतिस्पर्धीहरु मध्ये टपटेन प्रतिस्पर्धीमा पर्न सफल सिक्किम ईन्डियाकि साङ्डोमा तामाङ जजले सोधिएको अन्तिम प्रश्नमा “आजको युवाहरुलाइ आफ्नो उत्पत्ति , मौलिकता ,भाषा , सस्कृती र समग्रमा पहिचानलाई माया गर्न प्रेरित गर्नेछु। तामाङ समुदायलाइ भूगोल , सीमा, पृष्ठभुमि तथा आस्था र बिश्वासमा जे जस्तो भएपनि एकता र सदभावमा बाध्ने मेरो उद्देश्य हुनेछ र सस्कृती र परम्परा हाम्रो पहिचान भएकोले यसलाइ संरक्षण सम्बर्द्धन र निरन्तरता दिन म मेरो समुदायलाई सदैव उत्साहित गर्नेछु “भन्ने मार्मिक उत्तर दिदै स्वास्थ्य र बेस्ट ड्रेस बिधा सहित मिस तामाङ वल्ड 2021 कि बिजेता घोषित भइन। त्यसमध्ये विभिन्न सात बिधामा भएको उक्त प्रतिस्पर्धा त्मक कार्यक्रममा मिस तामाङ वल्ड शिक्षा प्रभा फ्युबा , वातावरण , मिस ट्यालेन्ट र मिस पर्सन्यालिटि बिधामा अप्रीला घिसिङ , समाज कल्याण रेनु स्याङ्तान , अर्थ एलिसा घिसिङ ,पर्यटन सबिता लो, सस्कृति रबिना थिङ उप बिजेता घोषित भएका थिए । उक्त प्रतियोगितामा बिजेताहरुलाई 50 हजार नगद सहित क्राउन प्रदान गरिएको थियो ।

Full video

प्रकाशित भएको : November 26th, 2021

सम्वन्धित समाचारहरु