• बिहिबार, बैशाख २७, २०८१
  • | May 9, 2024


विनायक लोप्चानको नेतृत्वमा तामाङ चलचित्र संघ बागमती प्रदेश गठन


नेपाली अपडेट
आइतवार, मंसिर १२, २०७८
 

काठमाडौं । तामाङ चलचित्र संघ बागमती प्रदेशमा विनायक तामाङको नेतृत्वमा तेह्र कार्यसमितिको  निर्विरोध   निर्वाचित भएको छ।

तामाङ चलचित्र संघ केन्द्रद्वारा आयोजित  बागमती प्रदेश गठन तथा साँस्कृतिक कार्यक्रम राष्ट्रिय  नाच घर जमलमा भएको उक्त कार्यक्रममा संघीय मामिला तथा प्रशासनिय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतमा भएको उक्त कार्यक्रमको सभापति  तामाङ चलचित्र संघ केन्द्रका अध्यक्ष कुमार मोक्तानले गर्नुभएको थियो ।

बिशिष्ट अतिथि आदिवासी तामाङ चलचित्र महासंघको अमृत सुनुवार तामाङ चलचित्र संघका प्रमुख सल्लाहकार बिकु थोकर,जनता समाजवादी तामाङ संघ को महासचिव बिकाश ब्लोन,तामाङ चलचित्र निर्देशक बिनय दोङ,र समाजसेवी कुङगा शेर्पा,युवा व्यवसायी सरोज घिसिङ,युवा नेता प्रेम लामा,युवा व्यवसायी सोम लामा, गायक तथा संगितकार सम्भर बहादुर थिङ, पत्रकार तथा समाजसेवी चन्द्र जीत मोक्तान कलाकार भीम तामाङ लगायतको  दर्शक हरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई गायक  निमा लामा उत्तर लामाले गायन मार्फत भरपुर मनोरञ्जन गराएका थिए।

विनायक तामाङ को अध्यक्षता मा १३ जना पदाअधिकारी सदस्य हरु चयन गरि बाग्मति प्रदेश को गठन गरीएको अध्यक्षः बिनायक तामाङ उपाध्यक्ष:आशमान वाईबासचिवः दावा फिन्जो तामाङ सह सचिव:करण तामाङ कोषाध्यक्षःबिना घले सह कोषाध्यक्षः धुर्व छिरिङ तामाङ सदस्यहरू रोसन तामाङ अनिता नेगी बिना लामा राजकुमार तामाङ नरेन्द्र तामाङ सुस्मिता घ्लान श्याम माया तामाङ नव निर्वाचितहरुलाई पद तथा गोपनियतको  केन्द्रीय अध्यक्ष कुमार मोक्तानले सपथ गराएका थियो ।

प्रकाशित भएको : November 28th, 2021

सम्वन्धित समाचारहरु