• आइतवार, बैशाख २८, २०८२
  • | May 11, 2025


ऐतिहासिक दोस्रो मौलिक  सेलो संगीत महोत्सव सम्पन्न


नेपाली अपडेट
शनिबार, मंसिर २५, २०७८
 

काठमाडौं । तामाङ कलाकार संघको आयोजनामा तामाङ  द २४, २५ गते सम्म दुई दिने ऐतिहासिक दोस्रो मौलिक  सेलो संगीत महोत्सव सम्पन्न गरियो।

पहिलो दिन  २४ गते  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम आले ज्यूको प्रमुख आतिथ्यतामा, बागमती प्रदेश उपसभामुख राधिका तामाङ बिशिस्ट आतिथ्यतामा,बरिस्ठ तामाङ कलाकारहरु, विभिन्न संघसंस्थाको प्रतिनिधिहरु लगायतको उपस्थितिमा छोईमे बत्ती बलेर दोस्रो मौलिक सेलो संगीत  महोत्सव २०७८को उद्घाटन समारोह  वृहत् रुपमा गरिएको थियोे।

कार्यक्रममा ताम्बा र बोम्बोबाट साङ् सेर्गेम , तामाङ कलाकारहरूले गायन प्रस्तुत गरि उपस्थित दर्शकलाई रमाइलो गराएका थिए। कार्यक्रम सभापतित्व अध्यक्ष विश्व दोङले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा  तामाङ कलाकार तथा संगीतकारहरुलाई कार्यक्रममा दोसाल र सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित भएको : December 11th, 2021

सम्वन्धित समाचारहरु