• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण


नेपाली अपडेट
शनिबार, माघ ८, २०७८
 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यसअघि शुक्रबारसम्म बढीमा ४ जनाको मात्रै मृत्यु भएको थियो । तर, आज एक्कासी मृतकको संख्या ह्वात्तै बढेको हो ।

शुक्रबार ३ कोरोना संक्रमितको मृत्यु भएकोमा शनिबार एकैदिन १६ जनाको मृत्यु भएको छ ।  तेस्रो चरणको यो महामारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यो धेरै हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ ।

प्रकाशित भएको : January 22nd, 2022

सम्वन्धित समाचारहरु