बिहिबार, माघ १३, २०७८
काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा बौद्ध क्षेत्रको विभिन्न स्थानमा विकास निर्माणकार्यलाई निरन्तरता दिदै धार्मिक स्थल देखि समाजिक हितका कार्यलाई तिब्रता दिएको छ।
कामपा-६ सुबिगाउँ स्थित हाम्रो स्वच्छटाेल सुधार समिति सामुदायिक भवनको निर्माण कार्य भई रहेको छ।
बौद्ध कामपा -६ सिमलटारमा गत आ.व.मा निर्माण गरेका महामृत्युञ्जय मन्दिरको सतलको बाकी कार्य र मन्दिरको रंगरोगन गर्ने कार्यहरु सम्पन्न हुने अवस्थामा रहेको छ।
त्यसैगरी कामपा-६ सिमलटार स्थित कार्मरोङ समाजको मुख्य प्रवेशद्धार निर्माणको कार्य भइरहेको हामीलाई कार्यकारिणी निर्देशक बसन्त लामा ” लो ” ले नेपाली अपडेटलाई जानकारी दिनु भएको छ।
प्रकाशित भएको : January 27th, 2022