• बुधबार, मंसिर २६, २०८१
  • | December 11, 2024


बौद्धमा माम् ला जात्रा मनायो


नेपाली अपडेट
बिहिबार, फाल्गुन ५, २०७८
 

 

काठमाडौं । बौद्ध फागुन ५ गते शुक्रबार । बिश्व सम्पदा सुचीमा सूचित बौद्धको स्थानीय जात्रा ऐतिहासिक साँस्कृतिक धार्मिक एवम् परम्परागत रुपले महत्त्वपूर्ण माम् ला  जात्रा मनायो।

बौद्धमा प्रत्येक वर्षको माघ शुक्ल पुर्णिामाको दिन स्थानीय बासिले उत्सव र पर्वको महत्त्वकासाथ हर्ष र उल्लासले मनाउने जात्रामा  लामा बाजागाजा, धिमे बाजा बजाएर  माम् लाई माम् थानबाट खाटमा राखेर बौद्ध परिसर , बौद्ध पिपल बोट, बौद्ध टुसाल  नगर परिक्रमा गरि पुन सोही स्थानमा ल्याएको थियो ।

बिहानै विभिन्न संघ संस्था ओम् तामाङ सुखदुःख गुठी, बौद्ध पिपल बोट युवा क्लब , बौद्ध तामाङ कल्याण गुठी,खास्ती नेवा: पुचा: देवभ्य गुठी लगायतले आ आफ्नो संस्थाको तर्फबाट पुजा ल्याउने, माम् लाई खुसी पार्न पूजापाठ गरि प्रसाद ग्रहण भोजको आयोजना गरिएको थियो।

 

प्रकाशित भएको : February 17th, 2022

सम्वन्धित समाचारहरु