• आइतवार, जेष्ठ ८, २०७९
  • | May 22, 2022


बौद्धमा श्रद्धा भक्ति पुर्वक पूजा


नेपाली अपडेट
आइतवार, फाल्गुन १५, २०७८
 

काठमाडौं । बौद्ध स्थित बौद्ध परिसरमा श्रद्धा भक्ति पुर्वक हिमालय बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा महा प्रणिधाम पुजा कार्यक्रम सम्पन्न गरियो।

बिश्व प्रसिद्ध बिश्व शान्तिका महा सारथि परम पावन धर्म गुरु दुईजोम साङ्गे पेमा शेपा रिन्पोछे ज्यूको र बिश्व यात्रामा कुनै प्रकारको परम पावन धर्म गुरु दोडुव्छेन रिन्पोछे ज्यू र बिश्व यात्रामा कुनै प्रकारको विध्न बाधहरु नभई बौद्ध शासन र जगत प्राणीहरुको निमित्त शीघ्र उत्तम निर्माणकाय आगमनको लागि श्रद्धा भक्ति पुर्वक महा प्रणि धाम पूजा कार्यक्रम गरिएको थियो ।

लामा गुरु कोशिश लोब्साङ बाईवा लामा ज्यूको अगुवाइमा भएको पुजा कार्यक्रममा आयोजक संस्था द्वारा संचालित अनलाइन बिद्यार्थीहरु , स्थानीय समाजसेवी, पत्रकारहरु लगायतको उल्लेख्य  उपस्थिति थियो ।

प्रकाशित भएको : February 27th, 2022

सम्वन्धित समाचारहरु