• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


नेपालकै ठूलो किवी फार्म सञ्चालन गर्दै ४० जना युवाहरु………..


नेपाली अपडेट
आइतवार, पुस १३, २०७६
 

१३ पुष २०७६ आइतबार,

मेलम्ची– ३ मा ४० जना युवा कृषकहरुले नेपालकै ठूलो किवी फार्म बनाउने भएका छन् । हैबुङ सिन्धु हिमालयन एग्रीकल्चर अर्गानिक भिलेज प्रा.लि.द्वारा करिव तीन सय रोपनी र मेलम्चि १ मा भोटेचौर एग्रीकल्चर अर्गानिक भिलेज प्रा.लि.द्वारा उक्त युवाहरुले संयुक्त रुपमा किवी खेती गरेका उनीहरुले उत्साहजनक आम्दानी सुरु गरेका छन् । आम्दानीको साथमा युवाहरु रोजगारीको निम्ती विदेश पलायन हुनु नपर्ने एउटा उदाहरणीय कार्यको शुरु गरिएको छ ।


रोजगारीको खोजीमा भौतारीदै विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्दै युवाले देशमा नै केही गरी आम्दानीको स्रोत बढाउने मात्र नभई रोजागारीको वातावरण समेत सिर्जना भएको छ । रोजगारी नै युवाको पहिचानलाई आत्मसात् गर्दै उक्त कार्यले देशभरका युवालाई जोस् जाँगर र उत्साह थपिदिएको छ ।

अर्गानिक भिजेलका अध्यक्ष दिनेश सिग्देलले तीन सय रोपनीबाट उत्पादन सुरु भएको जानकारी दिनुभयो । अलग अलग समूहमा रहेका दिनेश सिग्देल, महेश चौलागाईं, वासुदेव गजुरेल, राजेन्द्र दुलाललगायत ४० जना किसानहरुले पूर्णरुपमा अर्गानिक उत्पादन सुरु गरेको अर्का सदस्य महेश चौलागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०७० सालदेखि किसानहरुले किवी खेती गरेका छौं । रिक्समा खेती सुरु गरेका थियौं, अब आम्दानी हुनेमा ढुक्क छौं । किवीका गुण धेरैलाई थाहा छैन, अझै पनि सिकाउनुपर्ने, बुझाउनुपर्ने अवस्था छ । किवी फलमात्र होइन, औषधियुक्त पनि गुण भएको फल हो ।’

किवीले खेती सुरु गरेको तीन वर्षदेखि ६५ वर्षसम्म निरन्तर उत्पादन हुने बताउँदै चौलागाईले उत्पादन केही घटे पनि ६५ वर्षपछि पनि ५०–६० वर्षसम्म उत्पादन दिने साथै किवि १२ सयदेखि २ हजार फिटसम्मको उचाईमा लगाउन सकिने जानकारी गराउनुभयो ।

भोटेचौरका किसानहरुले करोडौं लगानी गरेर किवी उत्पादन गरिरहे पनि बजारको चिन्ता थपिन सुरु भएको छ । किवी एकैपटक उत्पादन हुने भएकाले मूल्य कम पाउने समस्या रहेको चौलागाईं बताउनुहुन्छ । उहाँका अनुसार किवीका लागि छुट्टै भण्डार केन्द्र, चिस्यान केन्द्र आवश्यक छ । उहाँ भन्नुहुन्छ, ‘कतिपयलाई अरु फलसँगै किवी पनि राखे भइहाल्छ नि भन्छन् । तर अरु फलसँग किवीलाई एउटै चिस्यान केन्द्रमा राख्न मिल्दैन ।’

किवीका फाइदा

किवीको नियमित सेवनबाट गर्भवती महिला, रगत, मुटु, मृगौलाका बिरामीका लागि औषधिसरह फाइदा पुग्दछ । किवीबाट भिटामिन, खनिज र औषधिजन्य तत्व प्राप्त गर्न सकिन्छ । पेटको समस्या मधुमेह, निमोनिय, दम, रक्तचाप, कोलेस्ट्रोललाई सन्तुलमा राख्न किवीले सहयोग गर्दछ ।

क्यालोरीको मात्रा प्रसस्त हुने भएकाले नियमित सेवनबाट क्यान्सर रोगबाट बचाउन सहयोग पुग्छ । छाला स्वस्थ्य राख्न, आँखाको भिजन लस हुनेबाट बचाउन, तौल घटाउन, अनिद्राको समस्या समाधान गर्न र पाचन प्रक्रियाका लागि किवी महत्वपूर्ण पल हो ।

प्रकाशित भएको : December 29th, 2019

सम्वन्धित समाचारहरु