• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


राजेन्द्र महतोले भने – ‘सञ्चारमाध्यम र सरकारले मेरो मानहानी गरे’


नेपाली अपडेट
सोमवार, साउन २०, २०७६
 

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकार र सञ्चार माध्यम मिलेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाउनु भएको छ । महतोले सरकारले आफ्नो नागरिकता खारेज गरेको भनेर सार्वजनिक गरेको र त्यसै वियलाई लिएर सञ्चारमाध्यम प्रचार गरिएको भन्दै गुनासो व्यक्त गर्नुभएको हो ।

सोमबार बसेको प्रतिनिधिसाको बैठकमा बोल्दै उहाँले भन्नुभयो, राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकता बदर गरिएको भनेर सञ्चारमन्त्री मन्त्री गोकुल बास्कोटामार्फत् व्यापक प्रचार भएको छ’, कुन राजेन्द्र महतो हो ?

यस्तो प्रचार किन गरियो ?’ चौतर्फी असफल भएको सरकारले राजेन्द्र महतोको राष्ट्रियतमथि प्रश्न उठाएको भन्दै उनले गम्भीर आपत्ति जनाए । ‘सरकारले को हो राजेन्द्र महतो किन प्रष्ट नखुलाएको हो। प्रष्टरुपमा सरकारले किन भन्न सकेन ?, उहाँले भन्नुभयो ।

सञ्चारमाध्यममा नाम मात्रै आएको छ, को हो भन्ने परिचय नै छैन, अर्को व्यक्तिसँग जोडेर गलत भएको छ । सञ्चारमाध्यम र सरकारले मेरो मानहानी गरे, सरकारले प्रष्ट भनोस्, उहाँले भन्नुभयो ।

प्रकाशित भएको : August 5th, 2019

सम्वन्धित समाचारहरु