• मङ्लबार, अशोज ११, २०७९
  • | September 27, 2022


काभ्रे दुर्गम क्षेत्र तालढुंगा साल्मेचाकलमा स्वास्थ्य शिविर सम्पन्न


नेपाली अपडेट
मङ्लबार, फाल्गुन २४, २०७८
 

काभ्रे । काभ्रे जिल्लाको  दुर्गम क्षेत्र ताल ढुंगा साल्मेचाकल स्थित बृहत स्वस्थ्य शिविर सम्पन्न भएको छ।

खानी खोला गाउँ पालिकाको आयोजनामा खानी खोला मिडिया हाउसको संयोजकत्वमा र स्थानीय संस्था अमर ज्योति युवा क्लब तामाङ एकता युवा समाजको सहकार्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्ष्ाता गाउँ पालिका अध्यक्ष कृष्ण खुलाल बिशेष अतिथि सोही पालिका उपाध्यक्ष रुक्मणी गुरुङ अतिथिहरुमा पालिका प्रवक्ता मान बहादुर घोले, कार्यक्रम सम्पन्न गर्न  सहजकर्ता चन्द्र जीत मोक्तान समाजसेवी मिलन लामा,क्लब  अध्यक्ष जगत घिसिङ,राम मोक्तान ,सोम मोक्तान पत्रकार लगायत स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

गाउँ पालिकाभरि रहेको स्वास्थ्य सम्बन्धि समस्य भएका बिमारीहरुले स्वास्थ्य लाभ पाएका थियो । स्तुपा सामुदायिक अस्पताल बौद्धका डाक्टर रचना पौडेल र स्वेता तामाङ , नर्स सावित्री बस्नेत एलिजा श्रेष्ठ स्वास्थ सहयोगी  लक्ष्मण भूर्तेल नाक कान घाँटी स्त्रीरोग सम्बन्धि स्वास्थ्य परिक्षण गरिएको थियोे ।दुई सय स्वास्थ्य समस्य भएको बिमारीलाई परिक्षण गरि नि शुल्क औषधि वितरण गरिएको थियो

प्रकाशित भएको : March 8th, 2022

सम्वन्धित समाचारहरु