• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


रसुवा जिल्लाको ५गाउँपालिक मध्ये आमाछोदिङमो गाउँपालिक प्रथम स्थानमा


नेपाली अपडेट
बुधबार, फाल्गुन २५, २०७८
 

प्रभात लामा रसुवा
रसुवा । जिल्लाको ५गाउँपालिक मध्ये आमाछोदिङमो गाउँपालिक प्रथम स्थानमा।


प्राकृतिक स्रोत तथा वित्त आयोगले मुलुकभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकन रिर्पोट सार्वजनिक गरेको छ । आयोगले तयार पारेको रिर्पोट अनुसार रसुवाका ५ वटा पालिकाको कार्यसम्पादन रिर्पोटमा आमाछोङदिमो गाँउपालिका प्रथम स्थानमा देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा उस्ले ६२ दशमलव ३६ अंक प्राप्त गरेको छ । यस्तै दोश्रोमा नौकुण्ड गाउँपालिकाले ५५ दशमलव ७६,तेश्रोमा कालिका गाउँपालिकाले ५४ दशमलव ९८,चौथोमा उत्तरगया गाउँपालिकाको ५४ दशमलव ८५ र पाँचौंमा गोसाइकुण्ड गाउँपालिकाले ५२ दशमलव ६३ अंक ल्याएका छन् ।

प्राकृतिक स्रोत तथा वीत्त आयोगले कार्यसम्पादन मूल्यांकनका लागि तयार पारेका ११ वटा सूचक र स्थानीय तहको प्रायोजनका लागि तयार पारेका १७ वटा सूचकका साथैं सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकका आधारमा यो रिर्पोट सार्वजनिक गरेको जनाएको छ । आयोगका रिर्पोट अनुसार दुई सय ४९ स्थानीय तहले ६० भन्दा बढी अंक ल्याएका छन् । ४२ तहले ७० भन्दा बढी अंक ल्याएका छन् । यस्तै १ सय ९६ स्थानीय तहले ५० भन्दा कम अंक ल्याएका छन् । २४ वटा स्थानीय तहले ४० भन्दा कम अंक पाएका छन् । कार्यसम्पादन रिर्पोटमा सबैभन्दा बढी बढी अंक ल्याउने गाउँपालिकामा अजयमेरु गाउँपालिका रहेको छ । सो पालिकाले ७८ दशमलव ६९ अंक प्राप्त गरेको छ । सबैभन्दा कम अंक ल्याउने पालिका बनेको छ धादिङको गल्छी गाउँपालिका । उस्ले ३५ अंक ल्याएको छ ।

प्रकाशित भएको : March 9th, 2022

सम्वन्धित समाचारहरु