• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


तोर छ्योङ मार छ्योङ अडियो गित सार्वजनिक


नेपाली अपडेट
मङ्लबार, चैत्र ८, २०७८
 

काठमाडौं । गित सङ्गीत क्षेत्रमा हरेक दिन नयाँ नयाँ गितको चाङ लाउने क्रममा एउटा अर्को नयाँ गित गायक तथा नायक प्रकाश वाइबा तामाङको तोर छ्योङ मार छ्योङ अडियो गित हिजो देखि बजारमा आएको छ।

विगत २०१६ देखि गित सङ्गीत ,अभिनय यात्रामा लागेका गायक प्रकाश वाइबा यस अघि थुप्रै गित,म्युजिक भिडियोहरु घर मेरो सिन्धुली,हाम्रो ल्होछार मेलामा मेरो प्रीया १,२ लगायत तामाङ चलचित्र ख्लासी आनिउमा नायकको भुमिका  सफलताका साथ  निभाई सकेको छ।

कलाकार २०५० सालमा सिन्धुली कमलामाई ६ धुराफाटमा जन्मेका प्रकाश वाइबा दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलका रुपमा अभिनय गरेका छन भने दुई  दर्जन जति आफ्नै गितमा स्वरमा गित रेकर्ड गरिसकेका छन।
सेलो गित सङ्गित,नेपाली आधुनिक गित म्युजिक भिडियो र चलचित्रमा चर्चा बटुलिरहेका गायक नायक प्रकाश वाइबा पछिल्लो समय भर्खरै नयाँ गितको अडियो तोर छ्योङ मार छ्योङ तामाङ सेलो दोहोरी हेरुका लामा युटुब च्यानल मार्फत सार्बजनिक गरेका छन ।

बिशेष गरि माइतीमा बसेका कन्याहरुलाई घरबार बनाउन भनी लक्षित गरि बजारमा ल्याइएको गित अडियोमा स्वर स्वयम् गायक प्रकाश वाइबा र सुमिना लो तामाङ, शब्द :डुप्साङ तामाङ ,म्युजिक एरेन्ज जोगलाल लामा ,मिक्सिङ दिपेश प्रधानको रहेको छ भने यो गित दिप स्टुडियोमा रेकर्ड भएको हो।

चाडैं नै भिडियो छायांकन गर्ने र भिडियो सहित बजारमा ल्याउने तयारी गरिरहेको र दर्शकको प्रतिक्रिया पाउन अडियो अगाडी नै सार्बजनिक गरेको गायक प्रकाश वाइबाले वताएको छ। गायकले पहिले जस्तै यो गितले पनि चर्चा पाउने र सफल हुनेमा ढुक्क भएको आशा ब्यक्त गरेका छन । यस गितलाई हेरेर प्रतिक्रिया दिन र सफलताको लागि माया गरिदिन र युटुब च्यानलमा मार्फत  हेर्न अनुरोध गरिन्छ।

प्रकाशित भएको : March 22nd, 2022

सम्वन्धित समाचारहरु