• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


२० वटा सामुदायिक बिद्यालयहरु लाई कम्प्युटर सहयोग


नेपाली अपडेट
आइतवार, चैत्र २०, २०७८
 

मातृभुमि बाकाचोल सेवा समाज नेपालले ऐशेलुखर्क गाउँपालिका भित्र रहेको २० वटा सामुदायिक बिद्यालय हरुलाई कम्प्युटर सहयोग गरेको छ। Secure Populaire Français नामक फ्रान्सेली संस्थाको आर्थिक सहयोगमा मातृभुमी बाकाचोल सेवा समाज नेपाल संगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

ऐशेलुखर्क गाउँपालिका अध्यक्ष बिश्व नाथ निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त्त कार्यक्रम बाकाचोल बहुउद्देश्यीय सहकारी संस्था लि. को तेश्रो बार्षिक साधरण सभा संगै सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष टिकाराम पुरीले आफ्नो जन्मभुमि (बाकाचोल)मा एक चिम्टी माटो सम्म आफ्नो नाममा नभए पनि आफुलाई सधै मातृभुमिको मायाले सताई रहने हुनाले केहि सकारात्मक कामहरु गरेर यहाँको समाजलाई केही योगदान पुर्याउने आफ्नो उद्देश्य रहेको जानाकारी गराउनु भएको थियो। यसै गरि कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले संस्थाले स्थानीय सरकार संगको सहकार्यमा स्वास्थ तथा शिक्षाको क्षेत्रमा गरेको कामहरु उदाहरणीय र अतुलनीय रेहेको प्रस्ट पर्नुभयो।

स्वास्थ तथा शिक्षाको क्षेत्रमा काम गर्दै आई रहेको यस संस्थाले ऐशेलुखर्क गाउँ पालिका भित्र बिगतमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरि सकेको छ। यस कम्प्युटर सहयोग कार्यक्रम अन्तर्गत संस्थाले करिव छ लाख पचहत्तर हजार बराबरको कम्प्युटर सहयोग कार्यक्रम तथा श्री कालिका आधारभुत बिद्यालय पारामा करिव दुई लाख पचार हजार बराबरको कक्षाकोठा स्तरोन्नति कार्यक्रम सम्पन्न गरेको छ।

प्रकाशित भएको : April 3rd, 2022

सम्वन्धित समाचारहरु