• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल व्यवस्थापन मुल समारोह समिति गठन गरियो


नेपाली अपडेट
बुधबार, चैत्र ३०, २०७८
 

काठमाडौ । बुधबार चैत ३० गते २०७८ बौद्धको स्थानीय संघ संस्थाको पदाधिकारीहरूको बसेको बैठकले श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा बौद्ध तेमाल जात्रा मुल समारोह समिति गठन गरिएको छ।

बौद्धको विभिन्न स्थानीय संघ संस्थाहरु बौद्ध तामाङ कल्याण गुठी, ओम् तामाङ सुखदुःख गुठी, सामुदायिक सेवा समिति तथा बौद्ध सामुदायिक प्रहरी ,श्री टुसाल युवा क्लब ,बौद्ध छोर्ङान महिला समाज, बौद्ध एकल समाज , बौद्ध तामाङ कलाकार साँस्कृतिक समाज ,ज्येष्ठ नागरिक समाज,लगायतका स्थानीय  संघ संस्थाले जात्रामा पाल्नु हुने श्रद्धालु भक्तजनको सेवा सुविधाकालागि के कसरी व्यवस्थापन गरि सभ्य भव्य      बनाउन र जात्राको जगेर्ना गर्न तत्पर रहेको उपस्थित भेलाले जनाएको छ।

जात्रा ,परम्परा ,पर्व राष्ट्रका गहना हो , यसको संरक्षण सम्बर्द्धन गर्नु हामी सबैको दायित्व रहेकोले   ऐतिहासिक साँस्कृतिक धार्मिक एवम् पुरातात्त्विक महत्त्व बोकेको बौद्ध तेमालजात्रा तामाङ जातिको राष्ट्रिय पर्वको रुपमा बौद्धमा मनाउँदै आईरहेको गुठी अध्यक्ष खड्ग जीत लामा बताएका थिए।

प्रकाशित भएको : April 13th, 2022

सम्वन्धित समाचारहरु