• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


बौद्ध तेमाल जात्रा सम्पन्न


नेपाली अपडेट
आइतवार, बैशाख ४, २०७९
 

काठमाडौं । बिश्व बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र बौद्ध महाचैत्यमा ङोवा मोन्लम गरि बौद्ध तेमाल जात्रा सम्पन्न गरियो।

चैत शुक्ल पुर्णिामाको अघिल्लो दिन  काभ्रे , हेटौंडा ,नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकाका विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरुले  बर्ष भरि दिवंगत  भएका र आफ्नो  पितृको आफन्तहरुको मोक्ष प्राप्तिका लागि  बौद्ध महा चैत्यको माथिल्लो भागमा रहेको एक सय आठ खोपमा    लागि बत्ती बालेका थिए।

जात्रामा आउने श्रद्धालु भक्तजनहरुलाई सहज सरल रुपले  सेवा सुविधा पुर्‍याउन उक्त जात्रा व्यवस्थित तरिकाले मनाउन  बौद्ध  तामाङ कल्याण गुठीको संयोजकत्वमा छोर्ङान महिला समाज, एकल महिला समाज र ओम् तामाङ सुखदुःख गुठीले नि शुल्क खानेपानी खुवाएका थिए र स्तूपा सामुदायिक अस्पतालले  नि शुल्क स्वास्थ्य शिविर ,  बौद्ध  सामुदायिक सेवा समिति, बौद्ध सामुदायिक प्रहरी ,महानगरीय प्रहरी बृता बौद्ध  , तामाङ कलाकार साँस्कृतिक समाज लगायतका संघ संस्थाले जात्रामा उपस्थित भई आ आफ्नो ढंगले जात्रा सफल बनाउन सहयोग गरेको थियो ।

 

प्रकाशित भएको : April 17th, 2022

सम्वन्धित समाचारहरु