• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


२५६६औं बुद्ध जयन्तीको अवसरमा बौद्धमा बिबिध कार्यक्रम गरियो


नेपाली अपडेट
मङ्लबार, जेष्ठ ३, २०७९
 

काठमाडौं । बौद्धमा स्थानीय विभिन्न संघ संस्थाको  आयोजनामा  शान्ति अहिंसा मैत्री र करुणाका प्रतिक भगवान गौतम बुद्धको २५६६औं बुद्ध जयन्तीको अवसरमा बिबिध कार्यक्रम सम्पन्न गरियो।

बौद्ध महास्तुप परिसरमा श्री बौद्ध  तामाङ कल्याण गुठी,श्री बौद्ध एकल महिला समाज,श्री ज्येष्ठ नागरिक समाज,श्री छोरङान महिला समाज,श्री बौद्ध सामुदायिक सेवा तथा सामुदायिक प्रहरी बौद्ध ,र  बौद्ध स्तुपा  सामुदायिक अस्पतालको संयुक्त आयोजनामा नि शुल्क स्वास्थ्य शिविर गरिएको थियो। स्वास्थ्यमा समस्य भएका बिमारी र बौद्ध परिक्रमा गर्न आएका श्रद्धालु भक्तजनहरुलाई नि शुल्क स्वास्थ परिक्षण गरि नि शुल्क औषधि वितरण र नि शुल्क जुसपानीको व्यवस्था गरिएको सो कार्यक्रममा दुई सय जनाले स्वास्थ्य लाभ लिएको श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्ग जीत लामाले जानकारी दिनु भएको  थियो।

श्री ओम् तामाङ सुखदुःख गुठी र श्री बौद्ध तामाङ कल्याण गुठीले आ आफ्नो गुठी भवनमा लामा परम्परा अनुसार पूजापाठ गरि दिउँसो दे भ्या गुठी , चुच्चेपाटी महिला समाज लगायत स्थानीय संघ संस्थाको सहभागीतामा बाजागाजा, भजन सहित  भगवान बुद्धको प्रतिमालाई बौद्ध नगर परिक्रमा गरिएको ओम् तामाङ सुखदुःख गुठीका अध्यक्ष सुरज लामा रुम्बाले बताएका थियो ।

प्रकाशित भएको : May 17th, 2022

सम्वन्धित समाचारहरु