• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


एनआरएन फिन्ल्यान्डले बुद्दीचाल प्रतियोगिता हेलसिन्कीमा सम्पन्न! नेपालि समाजको गरिमामय उपस्थिति


नेपाली अपडेट
आइतवार, पुस १३, २०७६
 

१३ पुष २०७६ आइतबार,

२०१९-१२-२८मा एनआरएनए फिनल्याण्डले बुद्धिचाल प्रतियोगीता कार्यक्रम गरिएको थियो ।
एनआरएनएले आयोजित गरिएको उक्त बुद्धिचाल प्रतियोगीता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ। यस कार्यक्रम हेलसिन्क़ीको कोन्तुलामा आयोजना गरिएको थियो।
बुद्धिचाल प्रतियोगीतामा १६ जनाको सह भागिता थियो । १६ जना प्रतियोगिताहरुलाई ४ समुहमा बिभाजन गरी राउन्ड रिबिनको आधार्मा एनआरएनए फिनल्याण्डद्वारा आयोजित बुद्धिचाल प्रतियोगीता सम्पन्न गरिएको थियो।
प्रतियोगीहरु मध्ये जनक पाण्डे, डम्वर कुमार फोम्बो, पवन सिंह, र प्रगति भण्डारी भने अन्तिम चरणमा सम्म पुग्न सफल भएका थिए । राउण्ड रोबिनकै आधारमा प्रतिस्पर्धा गराईएको अन्तिम चरणमा पवन सिंह बिजेता तथा प्रगति भण्डारी उप-बिजेता भएका छ्न्।

तस्बिरः  (दीपक न्यौपाने)

बिजय उपबिजेतालाई ट्रफी र प्रमाण पत्र सहित  पुरास्कृत गरियो भने बाकी सम्पूर्ण खेलाडिलाई सहभागिताको प्रमाण पत्रले सम्मान गरियो ।

https://youtu.be/qRdYdPrJtYs

प्रकाशित भएको : December 29th, 2019

सम्वन्धित समाचारहरु